logo
  • शनिबार, भाद्र २० २०८३

दाङ देउखुरी सेवा समाज ,कतारले महिला बिभाग पुनर्गठन गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
दाङ देउखुरी सेवा समाज,कतारले हिजो सुक्रवार बशन्त राज पुरीको अध्यक्षतामा भेलाको आयोजना गरि समाजले महिला विभाग पुनर्गठन गरेको छ।
उक्त भेलामा सस्थाका द्वितीय उपाध्यक्ष छविलाल बुढाथोकी ,सास्कृतिक बिभागका संयोजक केशब बुढा ,सल्लाहकार जीवन संसार ,सास्कृतिक बिभागका कलाकार सुरेश घायल , हाँस्य कलाकार सन्तोष गिरी तथा जिल्ला बासि सुभेच्कहरुको उपस्थिति रहेको थियो।
संस्थाको महिला बिभाग पहिले पनि रहेको र रोजगारीको सिलसिलामा महिलाहरु आउने जाने क्रम चलिरहेको हुँदा केही समय दङ्गालि महिलाहरुको उपस्थिति निम्न रहेको हुनाले सक्रिय नरहेको महिला बिभागलाई पुन सक्रियताको निमित्त अहिले धेरै संख्यामा दाङ्गबाट रोजगारमा आउने महिलाहरुको संख्या वृद्धि भएको र संस्थाको सदस्यता लिएर आबद्ध हुँदै गरेको हुँदा हिजो एक भेलाको आयोजना गरि उषा परियारको नेतृत्वमा ११ सदस्य महिला बिभाग पुनर्गठन गरिएको छ ।
जसमा संयोजक उषा परियार , सह संयोजक मनिषा खड्का ,सचिब मन्जु सिंह ,सदस्यहरुमा बिना मगर , निरा पुन , देवा अधिकारी , सोनिया बुढा , साजन स्वर्णकार, बिना भन्डारी , रक्षा सेन ,नविना गौतम ,सल्लाहकारहरुमा, साबित्रा डाँगी , रेखा डाँगी  चेयन भएका छन् ।

महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आगामी ७ सेप्टेम्बर २०१८ तारिक दिन तिज विशेष कार्यक्रम गर्ने केन्द्रिय समितिले गत बैठकमा निर्णय गरिएको बताए । कार्यक्रमको सञ्चालन सास्कृतिक बिभाग संयोजक केशव बुढाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend