logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको वामीमा स्वास्थ्य शिविर सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल , गुल्मी जेष्ठ १०।
लुम्बिनी वामी हस्पीटल प्राली वामी टक्सारले आयोजना गरेको स्वास्थ्य शिविरवाट २ सय ३५ जना विरामीले स्वास्थ्य लाभ गरेकाछन्।
गुल्मीको मुसिकोट नगरपालिका, बागलुङको बडिगाड गाउँपालिका तथा गल्कोट नगरपालिका विरामीहरुले स्वास्थ्य जाँच गराएको हस्पिटल व्यावस्थापन कार्यसम्पादन समितिका संयोजक अग्नीधर लोहोनीले जानकारी दिनुभएको छ।

सो शिविरमा लुम्बीनी मेडिकल कलेज पाल्पाका हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन र रेडियोलोजि विशेषज्ञहरुको सहभागिता रहेको थियो। हस्पीटल प्रालिले मेडिकल अधिकृत विरेन्द्र साहनीको नेतृत्वमा ल्यावसहित जनरल सेवा प्रदान गर्दै आएको छ। शिविरमा विरामीको निशुल्क जाँच गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend