logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीको वामीलाई नै तरंगित गर्ने घटना मिलापत्रमा टुंगियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कमल पौडेल , गुल्मी जेष्ठ १० ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सारमा भएको कुटपिटको घटना मिलापत्रमा टुंगिएको छ।
तरुण दलको पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका मुसिकोट नगरपालिका वडा नं. ७ का ४६ वर्षिय खगेश्वर सापकोटालाई नेपाली काग्रेसकै मुसिकोट नगर सभापति सुदर्शन शाक्य र उहाँका भाईहरुले कुटेको घटनाको विषयमा विहिवार मिलापत्र गरिएको छ। पिडकले पिडित पक्षको घाउ तथा उपचारको खर्च व्यहोर गर्ने, आगामी दिनमा यस्ता घटना नदोहोर्याउने, आपसमा झैझगडा नगर्ने लगाएतको सहमतिमा मिलापत्र गरिएको हो।

मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेको रोहवरमा भएको स्थानिय हरुको छलफल र घटनाका पिडक र पिडितको सहमतिमो सो मिलापत्र गरिएको हो। रुद्रवेणी वामीटक्सार सडक खण्ड विस्तार गर्ने क्रममा सडक विभागले सापकोटाको खेतको रुख ढलाएको र सो रुख शाक्यको खेतमा गएको विषयमा वादविवाद हुँदा शाक्य र उहाँका २ भाई संसार शाक्य र सन्तोष शाक्यले कुटेको सापकोटाले वताउनु भएको थियो।

सो घटनाले वामीटक्सारका स्थानियहरुलाई तरंगित गरेको थियो। घटनालाई विभिन्न कोणवाट विश्लेषण गर्दै सामाजिक संजालहरुमा आलोचना गरिएको थियो। पिडित सापकोटा तम्घासमा उपचार पछि घर फर्किनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend