logo
  • शनिबार, साउन ९ २०८३

सत्यवति गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ १० ।
सत्यवति गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सुर्कम फाउण्डेशनको संयोजनमा गाउँपालिकाले संचालन गरेका गतिविधी सार्वजनिक गरेको हो । गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत यादव भण्डारीले गाउँपालिकाको बजेट, योजना र कार्यान्वयनको बारेमा जानकारी दिएका थिए । सार्वजनिक सुनुवाईमा सत्यवति गाउँपालिकाका नागरिकहरुले सेवा प्रवाह नागरिक मैत्री नभएको, योजना सम्झौता र भुक्तानी प्रक्रिया झन्झटिलो, उपभोक्ता समितिलाई तालिमको अभाव, सार्वजनिक शौचालय नहुनु, फोहोर व्यावस्थापनमा समस्या लगायतका बारेमा गुनासो राखेका थिए ।सत्यवति गाउँपालिका वडा नं ४ का मुक्तीराम भण्डारीले गाउँपालिकाको भुक्तानी प्रक्रिया सहज नबनाए अर्को पटक उपभोक्ता समितिका अध्यक्ष भेट्याउन मुस्किल पर्ने बताए । ‘गाउँपालिकामा ५० हजारका लागि ५० पटक धाउँछन्, खै गाउँमा सिंहदरवार,’उनले भने,‘नागरिकलाई सदरमुकाममा भन्दा गाउँमा सास्ती छ ।त्यस्तै सत्यवति गाउँपालिका ५ का खगिश्वर ढकालले समाजमा अझै पनि गरिव र धनीले पढ्ने स्कुल छुट्टाछुट्टै भएको बताए । उनले यो बिडम्बनाको अन्त्यका लागि गाउँपालिकाले सोहि अनुसारको शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिए ।

त्यस्तै सत्यवति गाउँपालिका वडा नं १ अस्लेवाका अगुवा कृषक अर्जुन कनौजेले व्यावसायीक किसानका लागि कुनै बिशेष व्यावस्था नभएकाले युवाहरु कृषी छोडेर बिदेश पलायन हुन थालेको बताए ।

‘१० लाख खोजेर छोरो बिदेश पस्न बाउ अघि लाग्छन्,’उनले भने,‘ कृषी गर्न क्रृण पाउन मुस्किल छ । सार्वजनिक सुनुवाई कार्यक्रमको जवाफ दिदैं गाउँपालिका प्रमुख पारिश्वर ढकालले पहिलो बर्ष अनुभव, कानुन निर्माण र व्यावस्थापनका कारण सोचे अनुसार काम गर्न नसकिएको बताए ।

उनले आफुहरु सवै कुराले सक्षम बन्दै गएकाले अबको समय विकास र समृद्धिको बाटोमा अगाडी बढ्ने बताए । ‘कृषी गाउँपालिकाको प्राथमिकता हो, नागरिककै पक्षमा काम गर्ने हो,’उनले भने,‘कसैलाई पछुताउनु पर्दैन, सहयोग सवैको आवश्यक छ ।

त्यस्तै वडा नं २ की टोपला थापाले गाउँमा न्यायीक समितिका बारेमा जानकारी नै नभएकाले आफुहरु प्रहरीकोमा पुग्न बाध्य भएको गुनासो गरिन । साथै उनले अरु धेरै ठाउँमा सडकले वडाहरु छोए पनि आफुहरु त्यसबाट बञ्चित भएको बताइन् ।

गाउँपालिका उपप्रमुख सुर्व शाहिले आफुहरुलाई जिम्मेवारी दिए पनि आफुहरुसंग अनुभव नहुनु तथा कानुन र अरु धेरै जटिलता भएकाले न्यायको क्षेत्रमा काम गर्न नसकिएको बताइन् ।

गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत यादव भण्डारीले आफु गाउँपालिकामा भर्खर आएकाले एक बर्ष काम गर्ने अवसर प्राप्त भए नमुना काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । ‘सकेसम्म नागरिकलाई सजिलो हुने गरि नै काम गरेका छौ, समस्यामा सहजीकरण गर्न प्रयास भैरहेको छ,’उनले भने,‘सहयोगको अपेक्षा सवैसंग माग्दछौ ।

सार्वजनिक सुनुवाईमा २० जनाले मौखिक र १० जनाले लिखित प्रश्न सोधेका थिए । कार्यक्रममा सुर्कम फाउडेशनको तर्फबाट जर्नादन घिमिरे र टोपलाल अर्यालले सहजिकरण गरेका थिए ।


प्रकाशित मिति : १० जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend