साझा नेटवर्क
चोम बिष्ट रोल्पा जेष्ठ ९ ।
रोल्पा उद्योग बाणिज्य संघ रोल्पाले २०७५ साल जेठ ५ गते आइतबार बसेको बैठकले रोल्पा नगरपालिका वडा नम्बर १० धबाङ स्थायी ठेगाना भइ हाल वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेर सवार चालकको रूपमा कार्यरत रहदा सवारी दुर्घटना भैइ साउदी नागरिकको मृत्यु भएपछि साउदी अदालतबाट क्षेतिपुर्ती बाफत रु ६५ लाख नेपाली रुपैयाँ दिनुपर्ने फैसला भएको दुई वर्ष देखि साउदी जेलमा ब्लडमनि सजाय भोगिरहेका दिल बहादुरलाई उद्दार गर्न आर्थिक संकलन अभियान सुरु भएको भइसकेको निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले बताए ।
उक्त अभियान आज रोल्पाको पुर्वी बेल्टमा रहेको सुलिचौर रुइनिबाङ बजार क्षेत्रमा रोल्पा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीको नेतृत्वमा आर्थिक संकलन भैरहेको छ।
उक्त अभियानमा संघका महासचिव मिलन रोका मगर,कोषाध्यक्ष निम बहादुर थापा,सदस्यहरुमा साजन कुमार थापा,केशव थापा,मन बहादुर गिरि हलिम मिया लगाएत स्थानीय बजारको बाक्लो उपस्तिथिमा आर्थिक संकलन भैरहेको साथै बजारबाट स्वैच्छिक रूपमा सबैले दिल बहादुर उद्दारको लागि सबैबाट सक्दो सहयोग भैरहेको सुवेदीले बताए ।
यसैगरी भोलि पनि अभियान तिव्र रूपमा अगाडि बढ्ने र आर्थिक संकलनमा सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरे।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend