logo
  • शनिबार, साउन ९ २०८३

सुशासन अभियान गुल्मीद्वारा वक्तृत्वकला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेटवर्क, गुल्मी जेठ ९ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध सुशासन अभियान गुल्मी मार्फत सञ्चालित वातावरण वित्त सुशासन कार्यक्रम अन्तर्गत जलवायु परिर्वतले वातावरणमा पारेको प्रभाव विषयक क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सुशासन अभियान गुल्मीका अध्यक्ष्ँ श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमा विभिन्न छ वटा क्याम्पस बाट १० जना प्रतियोगि विद्यार्थीहरु सहभागि भएकोमा रेसुङ्गा बहुमुखि क्याम्पसका छात्र विक्रम पन्थि प्रथम,श्रृङ्गग्शेवर वहुमुखि क्याम्पसकी छात्रा सावित्रा परियार द्धितीय, रेसुङ्गा बहुमुखि क्याम्पसका छात्र गोविन्द खनाल तृतीय र सूर्यथुम संयुक्त क्याम्पसकी छात्रा रेखा फुल्देलले सान्तोना स्थान प्राप्त गनुभएको थियो ।

कार्यक्रमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष वरिष्ठ अधिवक्त्ता श्रीहरि अर्यालको प्रमुख अतित्थ्यता रहेको थियो भने विषेश अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा,रेसुङ्गा नगरपालिकाको उप–प्रमुख सिता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव पद्मिनी प्राधानाङ्ग, रेसुङ्गा बहुमुखि क्याम्पसका प्रमुख हरी बहादुर के.सी श्रृङ्गगेश्वर बहुमुखि क्याम्पसका प्रमुख शोभाकर पन्त, रहनु भएको थियो ।

विभिन्न संघसस्थाका प्रमुख÷प्रतिनिधि तथा विभिन्न विद्यालयका विद्यार्थीहरु समेतको सहभागिता रहेको उक्त कार्यक्रममा निर्णायकको भुमिका जिल्ला भू–संरक्षण कार्यालयका प्रतिनिधि दिपक चर्मकार, जिल्ला वन कार्यालयका प्रतिनिधि नविन पन्थि, तथा एकिकृत ग्रामिण विकास समाजका प्रतिनिधि हीरा कुँवरले निर्वाह गर्नुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य सस्थाका सचिव नरेश भण्डारीले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सह–सचिव विनोद पाण्डेयले गर्नुभएको थियो ।


प्रकाशित मिति : ९ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend