logo
  • आइतबार, असोज ११ २०८३

बडिगाड गाउँपालिकामा १२० जना अपांगलाई परिचय पत्र वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, (खर्वाङ) बागलुङ जेठ ९ ।
विगत १ वर्ष देखि थला परेकी बडिगाड गाउँपालिका वडा नं. २ कि लिला कुमारी सापकोटा आफ्नै गाउँवाट अपांगता परिचय पत्र र सहयोगी सामाग्रि प्राप्त गर्दा खुसि देखिनुभयो। उहाँका श्रीमान् मान बहादुर सापकोटाले सन्तोष व्यक्त गर्दै “हामी दुखि ले पनि सहयोग पाउने भयौं” भन्नुभयो। वाथरोगले थलिय पछि गत वर्ष देखि थातै दिसा पिसाव भएकी लिलालाई अपांगता सरोकार संघले अपांगता परिचय पत्र तथा ट्वाइलेट चियर, सहायता वैसाखी वितरण गरेको थियो। बडिगाड गाउँपालिका, महिला तथा वालवालिका कार्यालय र धौलागिरि अञ्चल अस्पतालको सहयोग मा अपाङ्गता सरोकार संघले शिविरै संचालन गरेर वडिगाड गाउँपालिकामा परिचय पत्र र सहायता सामाग्रि वितरण गरेको हो।

वडिगाड गाउँपालिका वडा नं. २ को खर्वाङ र वडा नं. ५ को खार वजारमा २ दिन सम्म आयोजना गरेको शिविरमा १८ जनालाई क वर्गको, ३९ जनालाई ख वर्गको ४० जनालाई ग वर्गको र २४ जनालाई घ वर्गको गरि कुल १२० जनालाई परिचय वितरण गरिएको कार्यक्रम संयोजक राम प्रसाद घिमिरेले वताउनु भयो।

त्यस्तै शिविरवाट ४७ अपांगता भएकाहरुलाई आवश्यकता अनुसार बैसाखी, ट्वाइलेट चियर, र लट्ठि वितरण गरिएको छ। वडिगाड गाउँपालिकाका सवै वडाका अपांगता भएकाहरु शिविरमा सहभागि भएको आयोजकले जनाएको छ।

शिविरको समापन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले कोहिपनि अपांगता भएका हरु परिचय पत्र विमुख हुन नहुने भन्दै अपांगता भएकाहरुको लागि राज्यले उचित सम्बोधन गर्ने वताउनु भएको छ।

कार्यक्रममा अपांग सरोकार केन्द्र बडिगाड का अध्यक्ष महानन्द घिमिरे, आयोजकको तर्फवाट वोर्ड कमिटि सदस्य विजय कुमार श्रीस, अञ्चल अस्पतालका डा. मंगल वहादुर हेलम्वु, महिला विकास कार्यालयका महिला विकास निरिक्षक सरस्वतीदेवि रेग्मी, रोसनी आचार्य, रश्मी गौतम, नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव सुवास आचार्य, सदस्य अर्जुन कार्कि को सहभागिता रहेको थियो।

अपांगता सरोकार संघले बागलुङ जिल्लामा वाँकी रहेका वरेङ र तमानखोला गाउँपालिकामा छिट्टै शिविर संचालन गर्ने तथा उपचार गर्नुपर्ने अपांगता भएकाहरुको लागि उपचारमै पठाउने प्रक्रिया समेत सुरु गरिएको कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिनुभएको छ।


प्रकाशित मिति : ९ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend