साझा नेटवर्क
कमल पौडेल, (वामी) गुल्मी जेठ ९ ।
तरुण दलको पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका मुसिकोट नगरपालिका वडा नं. ७ का ४६ वर्षिय खगेश्वर सापकोटा आज विहानै कुटिनुभएको छ । नेपाली काग्रेसकै मुसिकोट नगर सभापति सुदर्शन शाक्य र उहाँका भाईहरुले कुटेको स्थानियले वताएका छन्।
रुद्रवेणी वामीटक्सार सडक खण्ड विस्तार गर्ने क्रममा सडक विभागले सापकोटाको खेतको रुख ढलाएको र सो रुख शाक्यको खेतमा गएको विषयमा वादविवाद हुँदा शाक्य र उहाँका २ भाईले निर्घात कुटेको सापकोटाले वताउनु भएको छ।
सापकोटाको वामी टक्सारमा सामान्य उपचार पछि थप उपचारको लागि गुल्मीको सदरमुकाम तम्घास पठाइएको वडा अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ। उता शाक्यले आफुले कुटेको नभइ ढुँगामा ठोक्किएर घाइते भएको वताउनु भएको छ।
मुसिकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्षका प्रत्यासी समेत रहनुभएका शाक्यलाई यस अघि पनि वामी टक्सार वजारमा एक दलित र उनकी श्रीमतिलाई कुटपिट गरेको समचार प्रकाशित भएको थियो। 




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend