साझा नेटवर्क
तनहुँ, जेठ ९ ।
कतारमा २००४ मा स्थापित भएको तनहुँ सेवा समाजद्वारा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ लालिम निबासी वर्ष ४० का मिर्गौलारोगबाट ग्रसित बुद्दिसागर उपाध्यायलाई ४०,००० (चालिस हजार) रुपैया आर्थिक सहयोग गरेको छ ।
केहि समय पहिला नगरपालिकाबाट जारि गरिएको आर्थिक स्थिति कमजोरीको सिफारिस र अस्पतालबाट दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने प्रमाणित कागजको बेहोरा सहित यस समाजमा गर्नुभएको आर्थिक सहयोगको अपिललाइ समाजद्वारा स्वीकारदै समाजको कार्यसमिति बैठक मार्फत निज मिर्गौला पिडितलाइ उपचारार्थ आर्थिक सहयोग गरिने निर्णय गर्दै समाजका आर्थिक बिभाग संयोजक गणेश बहादुर क्षेत्रीको नेतृत्वमा कतारमा रहेका तनहुँ बासिसंग आर्थिक संकलन गरिएको थियो ।
समाजका महासचिब पदम गिरीले दिनुभएको जानकारी अनुसार संकलित रकम पिडितको गाउ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ मा एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको थियो।
तनहु सेवा समाज कतारका अध्यक्ष केश गुर्माछनको सभापतित्वमा भएको उक्त हस्तान्तरण कार्यक्रम शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कृष्ण प्रसाद रेग्मीको प्रमुख आथिथ्य र बिशेसअतिथि को रुपमा बुद्दिजिबिहरु तथा सामाजिक कार्यकर्ता कृष्ण प्रताप महत, याम प्रसाद ढुंगाना र नेपाल मगर संग तनहुँका प्रतिनिधि राम बहादुर रानामगर रहनु भएको थियो भने कार्यक्रमलाइ सहजीकरण समाजका सचिब संगम पाण्डेले गर्नुभएको थियो ।
तनहुँ सेवा समाजका कार्यसमिति सदस्य तथा नेपाल संयोजक विकास भुजेलको स्वागत मन्तब्य बाट सुरु भएको सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वडा प्रमुख कृष्ण प्रसाद रेग्मीले मन्तब्य दिने क्रममा तनहु सेवा समाजले जिल्ल्लामा गरेको सामाजिक कामको खुलेर प्रसंसा गर्नुभएको थियो ।
आगामी दिनहरुमा यस्ता सामाजिक गतिबिधिमा स्थानीय सरकार र वडाबाट गर्न पर्ने सहयोग र समन्वय सधै रहिरहने बताउदै समाजको सामाजिक यात्रा निरन्तर अघि बढोस भन्ने शुभकामना दिनु भएको थियो ।
साथै विशेष अतिथि कार्यकर्ता कृष्ण प्रताप महत, याम प्रसाद ढुंगाना र नेपाल मगर संग तनहुँका प्रतिनिधि राम बहादुर रानामगर ज्युह्रुले आर्थिकस्थिति अतिनै कम्जोर रहेको पिडितलाइ सहयोग गरेकोमा समाजप्रति आभार प्रकट गर्दै तनहु सेवा समाजले गर्ने सामाजिक गतिबिधिमा हातेमालो गर्ने प्रतिबद्दता जाहेर गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा सहयोग हस्तान्तरण कार्यक्रमका सभापति तथा तनहुँ सेवा समाज कतारका अध्यक्ष केश गुर्माछन ज्युले आफ्नो समाजको बार्षिक क्यालेण्डर मा उल्लेखित कार्यक्रम अन्तर्गत गृहजिल्लामा अरु धेरै कार्यक्रम गरिएको र यसै सस्थाले प्रबासमा संकलित रकम नेपालका गरिव, असाह्य, एकल परिवार, ज्येष्ठ नागरिक र मृर्गौला पीडितलाई सहयोग गर्ने गरिएको जानकारी गराए ।
उनले जिल्लाको मात्र नभएर देशको हर दुखमा र कतारमा पनि बिभिन्न समस्या झेली रहका नेपालीहरुलाई समेत सहयोग गर्दै आइ रहेको बताउदै अर्काको दुख आफनो दुख ठानी सबैले एकताबद्ध भएर सहयोग गर्न सके पिडितहरुलाई राहात पुग्ने बिस्वाश व्यक्त गरे ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने कतारका सम्पूर्ण कार्यसमिति सदस्य सल्लाहाकार परिसदका सदस्य तथा नेपालमा सहयोग गर्नुहुने स्थानीयवासी सबै प्रति आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend