साझा नेटवर्क
काठमाडौं जेष्ठ ८ ।
सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रारम्भीक बयानको क्रममा वरिष्ठ उपरीक्षक श्याम खत्री संगलता रहेको बताएका छन् ।
अनुसन्धान गरिरहेको छानविन समितिले आज विहान काठमाडौं स्थित गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो । पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको छ। लगत्तै, जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।
सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बयान लिएको थियो । उनले भने एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि रहेको बताए । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो । पुन सुनकाण्डमा उनको संलग्नता देखिएपछि छानविन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेता पनि बयानका लागि नगएका उनी फरार छन् ।
पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२/०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसवेला नै गोरेले तस्करीको सेटिङ मिलाए । खत्रीबाहेक ६ प्रहरी अधिकारीलाई जिल्ला अदालत, मोरङले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तर, उनका ड्राइभर र अंगरक्षक धरौटीमा छुटे ।
बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्वीकारेका छन् । उनको डायरीमा उल्लेखित विवरण अनुसारको रकम पूर्व डिआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल लगायतलाई दिएको स्वीकारेका हुन् ।
गोरेल बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिशन लिने भएको बताएका छन् ।लगानीकर्ता मोहन हुन्, अरु उनैले चिन्छन् ‘दिनमा ८६ केजीसम्म सुन भित्र्याएका छौं । यत्रो सुनमा लगानी गर्ने मेरो हैसियत पनि छैन’,मेरो पनि लगानी हुँदै नहुने चाहिँ होइन । अलिअलि पैसा कमाएको थिए । कहिले काहीँ आफैं पनि ल्याउँथे ।’
उनले लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका छन् । साथै, केही भारतीय पनि रहेको तर, उनीहरुसँग समन्वय अग्रवालले गर्ने गरेको उनको दाबी छ । ‘सुन हराएपछि मलाई दबाब थियो । त्यसैले सुन खोजीमा व्यापक रुपमा लागेका हौं’, उनले भनेका छन् । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend