साझा नेटवर्क
कमल पौडेल, खर्वाङ बागलुङ जेष्ठ ८ ।
बडिगाड गाउँपालिका, महिला तथा वालवालिका कार्यालय र धौलागिरि अञ्चल अस्पतालको सहयोग तथा अपाङ्गता सरोकार संघको आयोजनामा अपांगता भएकाहरुको लागि परिचय पत्र वितरण शिविर खर्वाङमा सम्पन्न भएको छ।
सो शिविरमा १ जनालाई क वर्गको, ३ जनालाई ख वर्गको १३ जनालाई ग वर्गको र ७ जनालाई घ वर्गको गरि कुल २४ जनालाई परिचय वितरण गरिएको कार्यक्रम संयोजक राम प्रसाद घिमिरेले वताउनु भयो। त्यस्तै शिविरवाट १२ अपांगता भएकाहरुलाई आवश्यकता अनुसार बैसाखी, ट्वाइलेट चियर, र लट्ठि वितरण गरिएको छ।
वडिगाड गाउँपालिका वडा नं. १, २ र ८ का अपांगता भएकाहरु शिविरमा सहभागि भएको आयोजकले जनाएको छ।
शिविरमा आयोजकको तर्फवाट वोर्ड कमिटि सदस्य विजय कुमार श्रीस, अञ्चल अस्पतालका डा. मंगल वहादुर हेलम्वु, महिला विकास कार्यालयका महिला विकास निरिक्षक सरस्वतीदेवि रेग्मी, रोसनी आचार्य, रश्मी गौतम, नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव सुवास आचार्य, सदस्य अर्जुन कार्किको सहभागिता रहेको थियो।
टोलीले मंगलवार वडिगाड गाउँपालिकाको कार्यालय खार वजारवाट परिचय पत्र वितरण गर्ने वताइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend