logo
  • आइतबार, असोज ११ २०८३

सुनकाण्डमा एसएसपी सहित २८ जना थुनामा, २ छुटे


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, काठमाडौं जेठ ८।
जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राखने आदेश दिएको थियो भने २ जना भने तारेखमा छुटेका छन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

एसएसपी दिवेश लोहनी,एसपी विकासराज खनाल, डिएसपी संजय राउत, प्रजित केसी, सई बालकृष्ण संजेल पनि थुनामा गएका छन् । यस्तै भुजुङ गुरुङ, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी लगायत पनि पुर्पक्षका लागि थुनामा राख्न भनिएको बताए ।

प्रहरी जवानद्वय अमरबहादुर थापा र विष्णबहादुर खड्का भने तारेखमा छुटेका छन् । एसएसपी श्याम खत्रीका ड्राइभर खड्काले राजीखुसीले तस्करी गरेको नदेखिएको भन्दै तस्करबाट लिएको भनिएको १५ हजार धरौटीमा छोड्न आदेश भएको छ ।

अमरबहादुर थापा खत्रीका अंगरक्षक हुन् । खड्काले आफ्नो बयानमा थापाले पनि तस्करीको सुन स्कर्टिङमा गर्ने बयान दिएको तर, प्रमाणित नभएको र रकम लिएको नदेखिएको भन्दै सहअभियुक्तको पोलका आधारमा थुनामा राख्न र धरौटी लिन नमिल्ने ठहर गरेको छ । उनी साधारण तारेखमा छुटेका छन् । रासस


प्रकाशित मिति : ८ जेष्ठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend