साझा नेटवर्क
कमल पौडेल, खर्वाङ बागलुङ जेष्ठ ८ ।
पोखरा रंगशालामा सम्पन्न भएको उपराष्ट्रपति कप प्रतियोगिता अन्तरगत सितोरियो कराँतेमा त्रिभुवन मावि बडिगाड गाउँपालिका २, खर्वाङका विद्यार्थीले २ स्वर्ण पदक जितेका छन्। ३८ केजि तौल तर्फ रिनुता सिंह ठकुरी र ३४ केजि तौल समुहमा शिक्षा पच्या ले सो उपाधि जितेका हुन्।
नेपाल सितोरियो कराते खेललाई स्थानिय तह र तप्कावाट आवश्यक सहयोग नहुँदा संघर्ष गरेरै खेल विस्तार गरिरहेको खेल प्रशिक्षक गणेश थापाले जानकारी दिनुभएको छ।
खेलाडिहरु भोली ९ गते विहान ८ वजे राष्ट्रिय खेल छनौटको लागि काठमाडौ प्रस्थान गर्ने वताइएको छ। यस अघि पनि त्रिभुवन माविवाट सहभागि खेलाडिहरुले विभिन्न पदक जित्दै आएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend