logo
  • आइतबार, असोज ११ २०८३

हिमालय माविमा विद्युतिय हाजिरी प्रणाली जडान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल , गुल्मी जेष्ठ ०७ ।
हिमालय माध्यमिक विद्यालय धुर्कोट गाउँपालिका वार्ड नम्बर ५ वस्तुमा वातावरणमैत्री सुचना प्रविधि जडान गरिएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी प्रविधिको जडान गरिएको हो । प्रविधि जडान भएकोले शिक्षकहरुले रजिष्टरमा हाजिरी गर्ने छैनन् । शिक्षकहरुको हाजिरी विद्युतिय प्रणालीमार्फत हुनेछ । मेसिनले शिक्षक विद्यालयमा आएको र गएको समय औँठाछापमार्फत रेकर्ड राख्ने गाउँपालिकाका सुचना प्रविधि अधिकृत देवराज आचार्यले जानकारी दिए ।

शिक्षकको विद्यालयको उपस्थिति समय इन्टरनेटको माध्यमबाट गाउँपालिकाको कार्यालयबाट समेत हेरिनेछ । धुर्कोट गाउँपालिकाले सामुदायिक शिक्षामा गुणस्तर बढाउनको लागि विद्युतिय हाजिरी जडान बताएको छ । पहिलो चरणमा गाउँपालिकाभित्रका ११ वटै माध्यमिक विद्यालय र आगामी बर्षसम्म सबै विद्यालयमामा यो प्रविधि जडान गर्ने प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले बताए ।

त्यसका साथै गाउँपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य सँस्थामा पनि आगामी बर्षसम्म विद्युतिय जडान गरिने उनले बताए । ‘सामुदायिक विद्यालयको शैक्षिक नतिजा ज्यादै दयनिय छ ।’ उनले भने, ‘त्यसलाई सुधार गर्न यो प्रविधि जडान गरिएको छ ।’ गाउँपालिकाले विद्युतिय हाजिरी प्रणाली गाउँकार्यपालिकाको कार्यालयबाटै सुरुवात गरको हो ।

आइतबारदेखि गाउँपालिकाकै कार्यलयमा समेत प्रविधि जडान गरिएको अध्यक्ष भुपाल पोखरेलले बताए । गाउँपालिकाभित्रका हरेक गतिविधिलाई पारदर्शि बनाउदैँ नमुना गाउँपालिका बनाउने उदेश्यले वातावरणमैत्री सुचना प्रविधि जडान गरिएको उनले बताए । गाउँपालिकाका १७ जना कर्मचारीले पनि मेसिनबाटै हाजिरी गर्न सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend