साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
प्रदेस नम्बर ५ समन्वय समिति कतारले गत सनिबार एक कार्यक्रमको आयोजना गरि पाँच प्रदेश मध्यका समाजसेबी बुद्दिजिबि सुभेच्छाहरुलाई आमन्त्रित गरि भेटघाट तथा बृहत छलफल गरेको छ ।
६ जनवरी २०१८ का दिन दोहाको नेपाली आगन रेस्टुरेन्टबाट बुद् पाण्डेको संयोजकत्वमा प्रदेश नम्बर ५ अन्तर्गत स्थापित जिल्ला सस्थाका अध्यक्ष पदेन सदस्य रहने गरि नौ सदस्य तदर्थ समित गठन गरिएको थियो ।
गठित समितिले गत सनिबार दिन दोहाको गोर्खा रेस्टुरेन्टको सभा हलमा प्रदेश नम्बर ५ मा स्थापित सम्पूर्ण जिल्ला संस्थाका प्रतिनिधि तथा समाजसेवीहरुबीचहरु सँग भेटघाट तथा छलफल गरि आगामी दिन मा संस्थाको भाबिकार्य योजनामा के कसरि अगाडी बढ्ने सकिने भन्ने बिभिन्न विषयमा छलफल गरिएको थियो ।
उक्त भेलाको अध्यक्षता समिति का संयोजक बुद्द पाण्डेले गरेका थिए । कार्यक्रममा उपस्थिति कमलमणि गुरागाई , क्रान्ति सिँह , अर्जुन प्रसाद भट्टराई , केबी हमाल ,राजु डुम्रे,अर्जुन खड्का , गणेश प्रसाद बन्जाडे , हरि बहादुर महतो , शिब खड्का , बिष्णु प्रसाद भुसाल लगायतका व्यक्तित्वहरुले देश अहिले प्रदेशमा विभाजन भैसक्यको अबस्थामा हामी पनि एक जुट भई अगाडी बढ्नु पर्ने र संस्था लिएको उदेश्य कार्यन्वयन गर्नु पर्नेमा सुझाब तथा सल्लाहा दिएका थिए ।
सोहि कार्यक्रमबाट सचिबमा डिल्लीराम भट्टराई र कोषाध्यक्ष ठाकुर कुमार परियारलाई जिम्मेवारी दिएको छ कार्यक्रमको सञ्चालन डिल्लीराम भट्टराइ ले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend