साझा नेटवर्क
?????????????

हुमाकान्त पोखरेल, गुल्मी जेठ ३ ।
नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबिचको पार्टी एकताको गुल्मीमा स्वागत भएको छ । दुवै दलका जिल्लास्तरिय नेताहरुले पार्टी कार्यालयमा मैनबत्ति बाल्दै एकताको स्वागत गरिएको हो । एमाले र माओवादी केन्द्रको पार्टी कार्यालयमा दुवै दलका नेताहरुको उपस्थितिमा मैनबत्ति मैनबत्ति बालि एकताको स्वागत गरिएको थियो ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विर बहादुर कार्कीले जनकाक्षांअनुरुप पार्टी एकता भएको बताए । त्यस्तै उनले अब देश छिट्टै विकसशिल राष्ट्र बन्ने, जनताको आर्थिक स्तर माथि उकास्ने विश्वास ब्यक्त गरे । ‘निर्वाचनमा दुई पार्टीका केन्द्रिय अध्यक्षद्धयको प्रतिबद्धता र सबै कार्यक्रताको सहयोगमा पार्टी एकता भएको छ, र छुट्टटै इतिहास समेत रचेको छ ।
उनले भने, ‘अब सबै मिलेर विकास निर्माणमा जुट्नुपर्छ ।’ त्यस्तै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य हिरा एसीले पार्टी एकताले कार्यक्रतामा उत्साह र जनताका विकासको आशा पलाएको बताए । ‘जनताले हामीबाट ठूलो विकासको आशा गरेका छन्, त्यो सम्भव पनि छ ।’ उनले भने, ‘एकताले विकासको ढोका खोलको छ ।
सदरमुकाममा भएको एकता स्वागत कार्यक्रममा दुवै पार्टीका नेता तथा कार्यक्रता, महिला, विद्यार्थी, दलित, युवा, किसान संगठन लगायतका सबैजसो जनबर्गिय संगठनका प्रमुल लगायतको उपस्थिति रहेको थियो । पार्टी एकता भएसँगै कार्यक्रतामा पनि उत्साह छाएको छ । जसले गर्दा जिल्लाका विभिन्न ठाउँहरुमा समेत मैनबत्ति बाल्दै त्यसको स्वागत गरिएको छ ।
धुर्कोट बस्तु, मालिकाको अर्खबाङ्ग, सिमलटारी, रिडि, शान्तिपुर, रेसुङ्गा नगरपालिका लगायतका जिल्लाका अधिकाशं ठाउँहरुमा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यक्रताको उपस्थितिमा एकताको स्वागत गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend