logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा शिक्षिकाको कुटाईबाट बालकको दाँत भाचियो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, जेठ ३ ।
गुल्मीमा शिक्षिकाको कुटाईबाट एक बालक घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घास स्थित रेसुङ्गा माध्यमिक बिद्यालय कक्षा ५ मा पढने अनमोल जिसी शिक्षिकाको कुटाईबाट घाइते भएका हुन् । बिहिवार बिद्यालयमा पढ्न स्कुल गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुटने क्रममा दाँत भाँचिएको छ ।

बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछी घटना खुलेको हो । शिक्षिकाको कुटाईबाट घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । कक्षा बिद्यार्थीहरुले हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाचिएको बालकले बताएका छन् ।

बिद्यालयबाट बालक रुदै आएर बुझने क्रममा शिक्षिकाले हानेर दात भाँचिएको बताएको वालकी अभिभावक मिना जिसीले बताइन् । शिक्षिकाको कुटाईबाट बालक घाइते भन्ने सम्बन्धमा बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट केहि गल्ती भएको बताएका छन् । उनले घटना थाहा पाउन साथ शिक्षिक बुझने क्रममा केहि गल्ती भएको स्वीकारेका छन् ।

प्रधानाध्यापक भण्डारीले शिक्षिकाको कुटाईबाट घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य बिषयमा पछी छलफल गर्ने बताए । सोहि बिद्यालयमै केहि वर्ष पहिले शिक्षकको कुटाईबाट एक जना बिद्यार्थीको कानको जाली फुटाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend