logo
  • शनिबार, भाद्र २० २०८३

तनहुँ सेवा समाज कतारद्वारा नगद तथा विभिन्न सामाग्री हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार ।
तनहुँ जिल्लाबाट रोजगारीको सिलसिलामा कतारमा बसेका प्रबासिहरुले २००४ मा स्थापणा गरेको तनहु सेवा समाज कतारले आफनो बार्षिक कार्यक्रम अन्तर्गत गृह जिल्लाको दक्षिणी भागका २ वटा गाउपालिका घिरिङ र ऋषिङको विभिन्न वडाका गरिब, बिपन्न तथा असाहयहरुलाई जनही नगद रु १५०० र विभिन्न समाग्रीहरु हस्तान्तरण गरेको छ । ऋषिङ गाउपालिकाको वडा नम्बर ४ रुपटारको बगैचामा भएको उक्त कार्यक्रममा रिसिंग गाउपलिकाको प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठ प्रमुख अतिथि तथा समाजका अध्यक्ष केश गुर्माछान मगरले सभापतित्व रहेका थिए । कार्यक्रममा बिशेस अतिथिहरुमा गाउपलिका उपप्रमुख गिनु माया थापा लगायत रिसिंग गाउपलिकाका सामाजिक कार्यकर्ता. बुद्दिजिबिहरु रहेका थिए भने गाउका बिभिन्न गन्यमान्य ब्यक्तिहरुको आतिथ्यता रहेको थियो । समाजका कार्यसमिति सदस्य तथा नेपाल संयोजक विकास भुजेलको स्वागत मन्तब्यबाट सुरु भएको राहत वितरण कार्यक्रममा बोल्दै गाउपलिका उपप्रमुख थापाले प्रबासमा रहेको सस्थाले गृहजिल्लामा पुराएको योगदानको खुलेर तरैफ गरिन । प्रमुख अतिथि श्रेष्ठले समाजले जिल्ल्लामा गरेको सामाजिक कामको खुलेर प्रसंसा गर्नुभएको थियो साथै आगमि दिनहरुमा सामाजिक गतिबिधिमा निरन्तर अघि सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

जिल्लाको दक्षिणी भागका घिरिंग गाउपलिका वडा नम्बर ४ र ऋषिङ गाउपलिकको वडा न ४ र ५ का छबिलाल श्रेष्ठ, गौरिमान श्रेष्ठ, मोतिराज रानाभाट, लालमती परियार, कृष्ण बहादुर परियार,डल्ली माया बि क, टेक बहादुर सोती, जगत सिंग पाटा, डोलराज दरै, सोमा बि क, नर्बिर दरै,होम बहादुर परियार, सेर बहादुर गेलांग डिलमाया दरै, नेत्र बहादुर दरै, र प्यारी चितौरे लगायत २० घर परिवारका बिपन्न र असहायहरुलाई सहयोग हस्तान्तरण गरिएको जानकारी सस्थाका महसचिब पदम गिरी गराए ।

सहयोग ग्रहण गर्दै उनीहरुले सस्था तथा सहयोगी मनलाइ धन्यबाद दिएका थिए । स्थानीय सामाजिक अभियान्ता तथा शिक्षक कृष्ण गिरीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति गुर्माछनले आफ्नो समाजको बार्षिक क्यालेण्डरमा उल्लेखित बार्षिक कार्यक्रम अन्तर्गत प्रबासमा संकलित रकमबाट आज सहयोग गरिएको बताए ।

कतारमा पनि बिभिन्न समस्या झेली रहका नेपालीहरुलाई समेत सहयोग गर्दै आइ रहेको बताउदै अर्काको दुख आफनो दुख ठानी सबैले एकताबद्ध भएर सहयोग गर्न सके पिडितहरुलाई राहात पुग्ने बिस्वाश व्यक्त गरेका थिए । साथै कार्यक्रम सफल अहोरात्र खट्ने समाजको कार्यसमिति र गाउपालिकाका सबै प्रतिनिधिलाई धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए । समाजले यस अघि जिल्लाको व्यास नगरपालीका १ स्थित श्री बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका लागि बिभिन्न सामग्री सहयोग गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend