साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी जेठ २ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीको गाउँ जाने अभियानको पाचौँ हप्ता सुरु भएको छ । पाचौँ हप्तामा उसले लैंगिक विभेदको अन्त्य गर्ने उदेश्यले जिल्लाका मुख्य ब्यापारिक केन्द्रहरुमा हिसांविरुद्धको कार्यको सुरुवात गरेको छ ।

सुरुवातको पहिलो दिन मालिका गाउँपालिका वार्ड नम्बर ८ सिमलटारीमा लैंगिक हिसांविरुद्धको कार्यक्रम गरेको छ । कार्यक्रममा महिला हिसां अन्त्य गरौँ’ जस्ता ब्यानरसहितको ¥यालि सहित स्थानिय महिलाहरुले बजार परिक्रमा गरेका थिए । परिक्रमापछि कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि काङ्ग्रेस जिल्ला सचिव विष्णु सापकोटाले अझै पनि समाजमा विकराल रुपमा लैंगिक हिसां भइरहेको भन्दै यसलाई जरैदेखि उखेल्नुपर्ने बताईन् ।
घरमा महिलाहरु दबिएर बस्नुपरेको, छोराछोरीमै आमाबाबुले विभेद गरेको जस्ता प्रथाहरु नराम्रो भएको भन्दै उनले यसलाई निर्मुल पार्न सबै जुट्नुपर्ने बताएकी थिइन् । साथै उनले नेपाली काङ्ग्रेस गाउँ पस्नुको कारण र उदेश्यबारे पनि प्रकाश पारेकी थिइन् । कार्यक्रममा धुर्कोट, मदाने, मालिका लगायतका क्षेत्रका महिलाहरुको उपस्थिति रहेको थियो । ‘नेपाली काङ्ग्रेस गुल्मीको आह्वान, गाउँ जाऔँ, गाउँमै बसौँ, ५० दिने महाअभियान’ भन्ने मूल नारासहित काङ्ग्रेस गाउँ पसेको थियो ।
अभियानको क्रममा उसले जेठ ३ गते छत्रकोट गाउँपालिकाको पिपलनेटा, ४ गते चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा, ५ गते मुसिकोट नगरपालिकाको वामिटक्सारमा पनि लैगिंक हिंसाबिरुद्धको कार्यक्रम गर्ने जनाएको छ । त्यस्तै ६ गते रेसुङ्गा नगरपालिकाको तम्घासमा र ७ गते सदरमुकाममै ¥र्यालिको आयोजना गरिएको नेपाल महिला संघ रेसुङ्गा नगरपालिकाका कोषाध्यक्ष निर्मला केसीले जानकारी दिइन् । पाचाँै हप्ताको कार्यक्रमको लागि विशेष गरी महिलाहरुको नै प्रमुख भूमिका हुने उनले बताईन ।
के हो महाअभियान ?
निर्वाचनमा पराजय बेहोरेपछि गुल्मी काङ्ग्रेसले संगठन सुदृढिकरणको लागि भन्दै ५० दिने गाउँ जाउँ अभियानको सुरु गरको हो । जसअनुसार पहिलो चरणमा तिन हप्तासम्म पार्टीका प्रतिनिधिहरु जिल्लाका ९३ वटै वडाका गरिब–दलितको घरमा एक÷एक जना बसेका थिए । दोस्रो चरणमा एक हप्तासम्म समिक्षा गरेपछि काङ्ग्रेसले तेस्रो चरणको कार्यक्रम लैंगिक हिसांसम्बन्धि गर्ने निर्णय गरेको थियो ।
नेपाली काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई सङ्गठनलाई चुस्त–दुरुस्त बनाउन, लैङ्गिक, जातीय, वर्गीय तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्न, ग्रामिण समस्याहरु अनुभुत समाधानको लागि पहल गर्न, छायाँ सरकार गठन गरी सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न ५० दिने महाअभियानको सुरुवात गरिएको सचिव खिलध्वज पन्थीले बताए ।
त्यस्तै आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारीमार्फत कार्यक्रतालाई उत्साह जगाउने, धर्म, सँस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकिय स्थलहरुको सम्वद्र्धनमा सहयोग गर्ने पनि अभियानको उदेश्य रहेको पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend