साझा नेटवर्क
साझा नेटवर्क , दोहा कतार ।
तमु समाज कतार शाखाको महिला बिभाग द्वारा कार्यक्रमको आयोजनामा गत सुक्रवारका दिन दोहाको अल नक्यान रेस्टुरेन्टको सभा हलमा बैशाख पूर्णिमाको शुभ अवसरमा दाजुभाई भेटघाट तथा दिवाभोज कार्यक्रम सम्पन्न गरेको छ ।
गुरुङ समुदायहरुको मूख्य पर्वहरु मध्ये बैशाख पूर्णि लाई बिशेष पर्वको रुपम मनाउने प्रचलन छ। शुभ अवसरमा प्रवासमा रहेर पनि दाजुभाइ चेलीबेटी बीचको सम्बन्ध र सद्भाव साटासाट गर्ने मात्र नभई आफ्नो संस्कार र संस्कृति जोगाउने हेतुले विगतका वर्षहरुमा जस्तै निरन्तरता दिदै यसपटक पनि महिला विभाग समितिको आयोजनामा “दाजुभाई भेटघाट कार्यक्रमको आयोजना गरिएको हो।
महिला विभाग समितिकी संयोजक डिलकुमारी गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम समाजका तृतीय उपाध्यक्ष टौमाया गुरुङको स्वागत मन्तव्यबाट शुभारम्भ भएको थियो भने समाजका प्रमुख संरक्षक बिल बहादुर गुरुङको अथितित्वमा दीप प्रज्वलन गरि कार्यक्रम समुद्घाटन गरिएको थियो।
उक्त अवसरमा विभिन्न शीर्षकमा समाजका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुने व्यक्तित्वहरुमा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपुर्व उप-संयोजक, प्रवीण गुरुङ रहेका थिए । उनीलाई फेटा (क्रेगी) लगाई समाजको तर्फबाट बधाई पत्र हस्तान्तरण गरि सम्मान गरेको छ ।
त्यस्तै यसै बर्ष सम्पन्न खी ल्होसार महोत्सवमा योगदान दिनुहुने कलाकारहरूलाई सम्मान कार्यक्रममा विविध कारणले छुटेका कलाकारहरु निनल गुरुङ, सम्झना गुरुङ, टीका गुरुङ, सुजन राई, दिल बहादुर गुरुङलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो भने त्यसैगरी चेलीहरु सम्झना गुरुङ, टीका गुरुङ र मञ्जु शाहीलाई पछ्यौराले सम्मान गरिएको छ ।
अन्य सम्मानित हुनेहरुमा मानार्थ सदस्यता हस्तान्तरण सुजन राई, मन्जु शाही, आजीवन सदस्यता हस्तान्तरण राज गुरुङ, जी फोर एस कम्पनीका प्रबन्धक, कोसेली र सौजन्यको निम्ती पछ्यौराले सम्मानित गंगा गुरुङ( मन्जु), तिलमाया गुरुङ र महिला बिभाग बाट फेटा (क्रेगी) ले सम्मानित व्यक्तित्व समाजका सल्लाहकार विष्णु गुरुङ रहेका थिए ।
कार्यक्रममा बधाई शुभकामना व्यक्त गरिएको थियो। तमु प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष निल गुरुङ र महिला विभाग समितिका सचिव सम्झना गुरुङलाई भर्खरै मात्र वैवाहिक सम्बन्धमा बाँधिनुभएकोमा संस्थागत रुपमा नव वरलाई फेटा(क्रेगी) र नव बधुलाई पछ्यौराले सम्मान गरिएको थियो।
बधाई तथा सम्मानकै क्रममा समाजका द्वितीय उपाध्यक्ष धनराज गुरुङलाई वहाँको छोरी एक्मी गुरुङ हालै राजधानी काठमाडौमा आयोजित “ग्लोरी नेपाल २०१८” को विजेता भएकोमा शुभ अवसरमा सम्मान गरिएको थियो भने तमु सांस्कृतिक परिवारका अध्यक्ष मदन तमु आफ्नै निवासमा चोटपटक लागेर उपचारत वहाँ प्रति सस्थाले स्वास्थ्य लाभ कामना गरिएको थियो।
कार्यक्रममा सम्पूर्ण शाखा समितिहरुको प्रतिनिधित्व गर्दै पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक कर्म गुरुङ र विशेष अतिथीहरुको तर्फबाट प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष संग्राम गुरुङ तथा सम्मानित व्यक्तित्व प्रवीण गुरुङको शुभकामना मन्तव्य रहेको थियो। उक्त कार्यक्रममा नै बुद्धिजीवी तथा समाजसेवी जी बी तामाङले समाजलाई उपहार स्वरुप प्राप्त कलश समाजका प्रमुख संरक्षक बिल बहादुर गुरुङले संस्थाका अध्यक्ष भाइकाजी गुरुङलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा तमु सांस्कृतिक परिवारको तर्फबाट विभिन्न सांस्कृतिक प्रस्तुतीहरुको मनोरञ्जन लिँदै बिभिन्न परिकारहरु सेलरोटी, अचारको साथमा नेपाली स्वादको दिवा भोजको दृश्य निकै दुर्लभ र मनमोहक देखिन्थ्यो। कार्यक्रममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व उप-संयोजक, प्रवीण गुरुङ, संस्थाका प्रमुख संरक्षक बिल बहादुर गुरुङ, संरक्षक सदस्य बुधबल गुरुङ, निर्देशक सल्लाहकार रस (शिव) गुरुङ, गैर आवासीय नेपाली आई सीसी बिमल सुवेदी, पुर्व आई सीसी सदस्य बिनोद भट्टराई, सामाजिक अभियन्ताहरु टि एन बराल, तथा तमु समाज आबद्द पदाधिकारीहरु, नयाँ सदस्य तथा सहयोगी सुभेच्छाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
विभिन्न सांस्कृतिक प्रस्तुतिहरु सँगै खानपिन कार्यक्रम सकिए लगत्तै महिला विभाग संयोजक तथा कार्यक्रमका सभापति डिल कुमारी गुरुङ द्वारा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन गरिएको थियो। कार्यक्रमको बारे सस्थाका महासचिब तेज गुरुङले साझा नेटवर्क लाई जानकारी गरेका हुन् ।
उक्त कार्यक्रमको दौराहन लिएका तस्विरहरु सौजन्य खुसि मन गुरुङबाट प्राप्त


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend