logo
  • आइतबार, असोज ११ २०८३

भारतीय नम्बरका २ ट्रकमा आगजनी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , काठमाडौं बैशाख ३० ।
भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा धादिङको धुनिबेशी चालिसे बजारमा आगजनी भएको छ । आइतबार बिहान साढे २ बजे भएका २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् । बजार क्षेत्रमै आगो लागेपछि स्थानीयबासी त्रसित भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो नियन्त्रण गर्नको लागि काठमाडौंबाट दमकल मगाइएको थियो ।

आगो कसले लगायो भन्ने खुलेको छैन । तर, आइतबार विप्लव माओवादीले बन्द आह्वान गरेकाले उनीहरुकै संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend