logo
  • आइतबार, असोज ११ २०८३

भरतपुरमा बम विस्फोट, भाटभटेनीको सिसा फुट्यो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , काठमाडौं बैशाख ३० ।
चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान बम विस्फोट भएको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले अनुसार  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको हुन् सक्ने आशंका गरिएको छ उक्त घटना बिहान ०३ः४५ बजे ग्रिनेट विस्फोट गराएको जानकारी दिए ।

विस्फोटबाट भाटभटेनी सुपरमार्केटको पछाडि भागको सिसा फुटेको छ भने  अन्य मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ  ।

थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताए । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उनले बताए ।

विप्लब नेतृत्वको बन्दको हल्लाले आज चितवनको सवारी आवागमन प्रभावित भएको छ । त्रासका कारण फाट्टफुट्ट मात्रै सवारी चलेका छन् । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend