साझा नेटवर्क
अनिल खत्री, गुल्मी वैशाख २७।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी गुल्मीले दुवै मृगौला फेल भई काठमाण्डौँमा उपचाररत अनेरास्ववियुका पाल्पा जिल्ला अध्यक्ष पे्रम बगालेको उपचार सहयोगार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । दुवै मृगौलाले काम गर्न छोडेपछी एक महिना देखि काठमाण्डौँमा उपचार गराईरहेका बगालेको मृगौला प्रत्यारोपणका लागी आर्थिक समस्या नहोस भनेर देश भित्र र बाहिरबाट सहयोग जुट्दै गरेको बेला अनेरास्ववियु गुल्मीले रु ३० हजार आर्थिक सहयोग गरेको हो ।
उपचारका लागी ठुलो रकम आवश्यक पर्ने तर मध्यम परिवारका बगालेलाई श्रोत जुटाउन समस्या परिहेको बेला संगठनको तर्फबाट सक्दो सहयोग गरिएको अनेरास्ववियु गुल्मीले जनाएको छ । तम्घासमा अनेरास्ववियु गुल्मीले आयोजना गरेको एक कार्यक्रमका विच संगठनका केन्द्रीय निर्वाचन आयोग सदस्य काशिराम पाण्डे मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोग गर्न चाहाने अन्य सहयोग दाताहरुलाई एन.एम.वि. बैंकमा रहेको पे्रम बगालेको खाता नं. ०४६२१५००२६४०३२०००००१ मा रकम जम्मा गरिदिन समेत अनेरास्ववियुले अनुरोध गरेको छ ।
सोही कार्यक्रममा नेकपा (एमाले) गुल्मीका उप–सचिव एवं कार्यक्रमका प्रमुख अतिथि बालसिंह काउछाले अनेरास्ववियु गुल्मीले प्रकाशन गरेको भित्तेपात्रो–२०७५ सार्वजनिक गर्दै स्वास्थ्य उपचारका लागी सहयोग हस्तान्तरण गरेको र प्रकासन मार्फत रचनात्मक काम गरेको प्रति अनेरास्ववियु गुल्मीलाई धन्यवाद दिँदै निरन्तर क्रियाशिलताको लागी अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) गुल्मीका नेताहरु कृष्ण घिमिरे, हिरा ए.सी., नारायण पोखे्रल, गोविन्द गौतम, नरेश भण्डारी, टिका रेश्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला संयोजक राजेन्द्रविक्रम कुँवरको अध्यक्षता र सचिवालय सदस्य श्रीराम महतको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend