साझा नेटवर्क
उद्धव मगर , दोहा कतार ।
कतार नेपाली एकता समाजले दोहाको एक प्रतिष्ठित होटेलमा १२९ औं अन्तर्राष्ट्रिय राष्ट्रिय मजदूर दिवस भव्य शानदाररुपमा सम्पन्न गरेको छ।
कार्यक्रम कतार नेपाली एकता समाजले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता कतार नेपाली एकता समाजका अध्यक्ष लुमा कान्त पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रम एकता समाजका केन्द्रिय महासचिव खिम बूढा मगरको सञ्चालन रहेको थियो भने यस कार्यक्रमलाई विधिवतरुपमा अगाडि बढाउने क्रममा हलमा उपस्थित विभिन्न एरिया, इकाई, र शुभ चिन्तकलाई पूर्व बुद्धिजीवी विभागका अध्यक्ष कमल आचार्यले स्वागत मन्तव्य राखेका थियो ।
त्यस्तै अतिथीहरुमा पूर्व उपाध्यक्ष, दावा लामा,पूर्व कार्यवाहक अध्यक्ष टुकनाथ शर्मा, केन्द्रिय कोषाध्यक्ष धन बहादुर परियार,रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष वलदेव राना मगर,महिला विभागका अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका अध्यक्ष हरि प्रसाद शर्मा, दोहा एरिया समितिका गिरी काउछा मगर, सनैया डि एरिया समितिका सचिव तेज नारायण शर्मा, सलता एरिया समितिका शालिकराम पुन, सहलिया एरिया समितिका लक्ष्मण कोईराला, साहानिया एरिया समितिका अध्यक्ष जनक मल्ल, लेवर सिटी एरिया समितिका अध्यक्ष रेशम रोकका मगर, मन्तव्य राख्ने क्रममा बुद्धीजीवी विभागका अध्यक्षले आफ्ना भनाई राख्दै भने हामी कतार नेपाली एकता समाजमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई एकवद्ध भएर अगाडी बढनु पर्ने बताए ।
त्यस्तै गरी समाजका अध्यक्ष लुमाकन्त पुनले पनि थप वोल्दै भने श्रमजीवी मजदूरहरुको बिभिन् काल खण्डमा बिरतापूर्ण वलिदानी संघर्षको ऐतिहासिक दिन मे १ लाई स्मरण गर्दै संसारका विभिन्न देशहरुमा १ मे का दिन १ सय उनन्तीस औं मे दिवस मनाउदै गर्दा श्रमजीवी मजदूरहरुको अभिभाक संगठन कतार नेपाली एकता समाजले पनि वृहत कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको बताए ।
१ मई संसारभरका श्रमीकहरुले एक महान चाडका रुपमा मनाउदै आएका उलेख्ख गर्दै अन्तमा यस कार्यक्रमलाई सौहद्रपूर्ण वातावरणमा सम्पन्न गरेका थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend