साझा नेटवर्क
अनिल खत्री, गुल्मी बैशाख २१ ।
गुल्मीमा भारतिय सेनाबाट अबकास भुपु शैनिकलाई दिँदै आएको पेन्सन क्याम्प मिति परिर्वतन हुने भएको छ । यहि आउदो बैशाख २९ बाट जेठ १० गते सम्म बितरण हुने भनिएको मिति बिशेष कारणले परिर्वतन भएको जिल्ला शैनिक बोर्ड गुल्मीले जनाएको छ ।
परिर्वतित मिति अनुसार जेठ २ गते देखि १४ गते सम्म बितरण हुने भएको हो । भारतका बिभिन्न सेना तथा बिभिन्न सरकारी सेवाबाट अवकाश भुपुलाई प्रत्येक वर्षको ६÷६ महिनामा बितरण गरिदै आएको पेन्सन बितरण गरिदै आएको छ ।
सदरमुकाम तम्घासमा बितरण हुने गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची ,प्युठान लगायतका ठाउँका भुपुहरु करिव ७ हजार भन्दा वढीले पेन्सन क्याम्पमा बुझ्ने गर्दछन् । यस वर्ष पेन्सन बुझन आउने पेन्सनरले एसबिआई बैकको खाता नम्बर अनिवार्य रुपमा ल्याउन समेत शैनिक बोर्ड गुल्मीले आग्रह गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend