logo
  • शनिबार, असोज १० २०८३

विकासमा काङ्ग्रेसले सरकारलाई सघाउछ : गगन थापा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख २१ ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारले राम्रो काम गरेमा त्यसको प्रशंसा नेपाली काङ्ग्रेसले गर्ने बताए । विगतमा जस्तो सरकारले गरेका सबै कामको विरोध गर्ने नभई अब राष्ट्र निर्माणमा काङ्ग्रेसले पनि हातेमालो गर्ने उनको भनाई छ । बिहिबार गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लामा आयोजित ‘गाउँ जाउँ अभियान’ को बृहत आमसभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

नेता थापाले पार्टीले देशको विकास चाहेकोले जनताले दिएको भूमिकाको कदर गर्दै संविधान र संघियतालाई सफल बनाउन र कानुनहरु बनाउन सरकारसँगै हुने समेत बताए । ‘विकास निर्माण लगायतका सकारात्मक कामको लागि सरकारसँग सँगै हुन्छौँ ।’ उनले भने, त्यसमा कुनै प्रतिपक्ष हुदैँन ।’
काङ्ग्रेसले बाम गठबन्धनको चुनावी घोषणपत्र राम्रोसँग अध्ययन गरेकोले विकास निर्माण लगायतको कामलाई पनि नियालिरहेको नेता थापाको भनाई छ ।

उनले सरकारले गर्ने प्रत्येक राम्रो काममा साथ दिने र बाटो बिराएको खण्डमा सहि ठाउँमा ल्याउने काम समेत काङ्ग्रेसले गर्ने बताए । ‘जनताले दिएको निर्देशनअनुसार शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छौ ।’ उनले भने, ‘राम्रो कामको समर्थन र खराब कामको सुधार गर्छौ ।’

कोहि विचलित नहुनुस

नेता थापाले संघ र केन्द्रको निर्वाचनमा हारेपनि काङ्ग्रेसको विचारले जितेको भन्दै कार्यक्रतालाई कतिपनि विचलित नहुन आग्रह गरेका छन् । ‘निर्वाचन सामान्य प्राविधिक कुरा हो, जसमा हारजित स्वभाविक हो ।’ उनले भने, ‘एकढिक्का भएका जनताका काममा लाग्नुस, कोहि विचलित नहुनुस् ।’ तर केहि नमिलेका विषयमा फरक मत राखेर पनि जनतासामु सबै मिलेर जान कार्यक्रतालाई नेता थापाले निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend