साझा नेटवर्क
साझा नेटवर्क , बुटवल बैशाख २० ।
चलचित्र ‘काले दाई’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राइफलको सिरानी’ बोलको गीत लोकलयमा निर्माण गरिएको छ ।
गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर बनाएको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् । सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा तयार भएको गीतमा धुर्व विश्को/शमिहा श्रेष्ठको स्वर दिएका छन् । रामजी लामिछानेले कोरियोग्राफी भरेको गीतमा इंद्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले अभिनय गरेका छन् ।
चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम/रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन गरेका हुन् । चलचित्रको प्रदर्शन मिति हालमा तय भैसकेको छैन । भिडियो हेर्नुस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend