logo
  • आइतबार, असोज ११ २०८३

कतारबाट पत्रकार घिमिरेकी पत्नीलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी बैशाख २०।
स्तन क्यान्सर पिडित गुल्मीका वरिष्ठ पत्रकार जनार्दन घिमिरेकि पत्नी सारदा घिमिरेलाई आर्थिक सहयोग भएको छ । पत्रकार घिमिरेको पत्नीलाई उपचारमा थप सहयोग गर्न भन्दै संचारकर्मी तथा समाज सेवी कुमार अविरल पन्थीले सहयोग रकम उपलब्ध गराएका हुन।

गुल्मी सेवा समाजका उपाध्यक्ष समेत रहेका पन्थीले जिल्लाको सदरमुकाम तम्घासमा पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री मार्फत रु ४२ हजार १ सय रुपैयाँ हस्तातरण गरेका हुन् ।

पन्थीको विशेष पहलमा कतारमा रहेका गुल्मेलीहरुको साझा सस्था गुल्मी सेवा समाज कतार र साझा नेटवर्क डटकमको संयुक्त अभियान मार्फत सहयोग संकलन गरेर उपचारमा सहजताका लागि उक्त आर्थिक सहयोग गरेको बताए । सोहि आर्थिक सङ्कलन अभियानलाई सफल बनाउन कतारमा रहेका समाज सेवीले सहयोग गरेका थिए ।

नेपालबाट प्रवासमा रहेर आफ्नो जन्मभुमि प्रति केहि सहयोग गरौ भन्ने उदेश्यले गुल्मेलीहरु एक जुट भएर समाजले गुल्मी जिल्लामा बिभिन्न रोगबाट पिडितहरु,दैबि प्रकोप पिडितहरु लगायतलाई सहयोग गर्दै आएको पन्थीले बताए । पत्रकार घिमिरेको पत्नीको उपचारमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीले धन्यवाद दिएका थिए ।

उपाध्यक्ष खत्रीले प्रवासमा रहेर पनि जिल्लावासीको दुख पिडामा मलम लगाउने प्रयास गर्ने प्रवासी नेपालीहरुको योगदान ठुलो रहेको बताए । पत्रकार घिमिरेको पत्नी स्तन क्यान्सरबाट गत वर्षदेखि काठमाडौमा उपचारत छन् । उपचारमा ठूलो रकम लाग्ने भए सँगै उनको उपचारमा सहयोगका लागि अभियान चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend