logo
  • आइतबार, असोज ११ २०८३

खोटो संकलन गर्दा पूर्व तयारी बारे श्रमीकलाई दिइयो तालिम


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री ,गुल्मी बैशाख १९ ।
गुल्मीमा खोटो संकलन गर्दा ध्यान दिनु पर्ने बिभिन्न बिषय बस्तु बारे तालिम दिइएको छ ।
दुर्गा, स्वस्तिक रोजिना टार्पेन्टाइन इण्डष्ट्रि प्रालि शाखा गुल्मीको आयोजना र जिल्ला बन कार्यालय गुल्मी, इलाका बन कार्यालय गुल्मी,सेक्टर बन कार्यालय गुल्मीको प्राबिधिक सहयोगमा खोटो संकलन गर्ने श्रमीक,सुपरभाइजर, तथा सामुदायिक बनका पदाधिकारीहरुलाई तालिम दिइएको हो ।
संकलक श्रमीक,सामुदायिक बनका दाधिकारी र सारोकारवाला पक्षलाई संकलन स्थल रेसुङ्गाको गौशाला बनमै कार्यक्रम राखिएको थियो । संकलन स्थलमै राखिएको कार्यक्रमले खोटो संकलन गर्दा रुखहरुको संरक्षणमा फाइदा मिलोस  भन्ने उदेश्यले संकलन हुने स्थलहरुको बारेमा समेत जानकारी गराइएको थियो ।
सल्लाको रुख भएको बनमा खोटो संकलन गर्दा संकलित रुखको पूर्ण रुपमा संरक्षण कसरी गर्ने र संकलन गर्नु पूर्व ध्यान दिनुपर्ने बिभिन्न बिषय बस्तुमा केन्द्रित रहेर तालिम आयोजना गरिएको दुर्गा, स्वस्तिक रोजिना टार्पेन्टाइन इण्डष्ट्रि प्रालि शाखा गुल्मीका प्रमुख रोशन उप्रेतीले बताए । बनको बातावरणिय पक्षलाई बिग्रन नदिने उदेश्यले खोटो संकलन गर्नु पूर्व सबैलाई जानकारी गराएर बातावरणिय पक्षलाई राम्रो बनाउनको लागि कार्यक्रम आयोजना गरिएको उप्रेतीले बताए ।तालिममा जिल्ला बन कार्यालय गुल्मीका अधिकृत कृष्णराज न्यौपाने, सहायक बन अधिकृतहरु पन्नालाल भट्टराई,दिनेश सत्याल लगायतले खोटो संकलन पूर्व ध्यान दिनुपर्ने बिषयमा सहजिकरण गरेका थिए । तालिमको क्रममा खोटो संकलनमा ध्यान दिनुपर्ने प्राबिधिककुराहरु समेत जानकारी गराइएको थियो । खोटो संकलन गर्दा रुखको अबस्था देखि प्रयोग गर्ने औजार, वरिपरिको अबस्था र संकलन पछीको अबस्था सरसफाई लगायतका बारेमा बन कार्यालयका प्राबिधिकहरुले जानकारी गराएका थिए ।

खोटो संकलनसँगै बनको अबस्थालाई पनि बिग्रन नदिनको निम्ती बिभिन्न अबस्थाहरु बारेमा समेत जानकारी गराइएको थियो । खोटो संकलनको क्रमम साना प्राबिधिक पक्षलाई ख्याल राखे बनमा हुने आनबश्यक क्षतीलाई न्यूनिकरण गर्न सकिने सहायक बन अधिकृत दिनेश सत्यालले बताए । संकलनको क्रममा सामुदायिक बनहरुले पनि बेला बखतमा अनुगमन गर्न आग्रह गरेका थिए । खोटो संकलनको लागि फागुन देखि अशोज सम्मको महिनालाई उपयुक्त मानिन्छ । एउटा सल्लाको रुखबाट ३ किलो देखि ७ किलो सम्म खोटो संकलन हुने गर्दछ ।

हाल गुल्मी जिल्लामा सल्लाको बन भएका ३४ वटा सामुदायिक बनमा खोटो संकलन हुँदै आएको छ । जिल्लामा आर्थिक वर्ष ०७४/०७५मा ११ वटा समाुदायिक बनमा १ लाख १७ हजार ३९ किलो खोटो संकलन भएको जिल्ला बन कार्यालय गुल्मीको तथ्याङ्गकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend