logo
  • शनिबार, भाद्र २० २०८३

आईसीसी अध्यक्षसँग एनसीसी कतारले भेटघाट गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा कतार ।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले एनआरएनए आईसीसीका अध्यक्ष भवन भट्टसँग  भेटघाट सम्पन्न गरेको छ ।
२७ अप्रिल २०१८ का दिन अन्तर्राष्ट्रिय झापाली समाजको निमन्त्रणामा कतारमा सम्पन्न क्षेत्रीय भेला कार्यक्रमका लागि स्पेन हुदै कतार आईपुग्नुभएका अध्यक्ष भवन भट्टसँग एनसीसी कतारले भेटघाट गरेको हो ।
भेटघाट कार्यक्रममा आईसीसी मध्यपूर्व उप संयोजक, आईसीसी मानार्थ परिषदका सदस्यहरु तथा आईसीसी सदस्यहरू, एनसीसी कतारका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, उपस्थित रहेको थियो । एनसीसीका अध्यक्ष, उपाध्यक्ष र महासचिवले संयुक्त रुपमा खदा लगाई फूलद्वारा उहाँलाई स्वागत गरिका  थिए ।
भेटघाटको क्रममा एनसीसी कतारका अध्यक्ष नविन पोखरेलले एनसीसी कतारको वर्तमान स्थिति, भावी कार्ययोजना बारे संक्षिप्त जानकारी गरेका थिए भने आईसीसी अध्यक्ष भवन भट्टज्यूले आईसीसीको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो।
आईसीसीको पदमा निर्वाचित भए पश्चात पहिलो पटक कतार आईपुगेका  अध्यक्ष भवन भट्टले एनसीसी कतारको कार्यशैलीको प्रसंसा  गर्दै भने  कतार सानो मुलुक भएकाले पनि आवश्यक परेको बेला यहाँ रहेका सबै नेपालीहरु हरेक अभियानमा सबैभन्दा अगाडि रहेको र छिटो छरितो रुपमा सम्पन्न गरेको स्मरण  गराएका थिए । नेपालीहरुका समृद्धिका लागि एनआरएनए अभियानमा लागेको आफु लागेको बताए ।
उनि सफल ब्यबसायिक पनि हुन् । यस कार्यकालका लागि आफ्नो ब्यवसायिक कार्यकारी जिम्मेवारी अन्य दोस्रो व्यक्तिलाई अख्तियारी दिएको बताए । त्यसकारण पनि कतार लगाएत     हरेक एनसीसीले गरेका हितकारी पहल कदमीलाई आईसीसीको माध्यबाट कति पनि ढिलाई नगरी सम्बन्धित निकायबाट सहयोग गर्न सकिने गरी आईसीसी टीम परिचालित भएकाले कुनै पनि आवश्यक सहयोगका लागि कन्जुसाई नगर्नहुन अनुरोध गरेका छन् ।उक्त कार्यक्रममा  एनसीसी कतार टीमले एनआरएनए अभियानका पछिल्लो गतिविधि र अन्य विविध विषय प्रति जानकारी लिनुका साथै उहाँ मार्फद सुझाबहरू लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend