साझा नेटवर्क
टेक राज थापा , दोहा कतार ।
कास्की आर्दश सेवा समाज कतारको छौठौ महाअधिवेशनले विस्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
मान प्रसाद राना मगरको सभापत्विमा प्रमुख अथितिमा एनआरएनए आई सीसी मानार्थ परिषद सदस्य टिबि कार्की अतिथित्वमा कार्यक्रमको शुभारम्ब गरियको थियो । विशेष अतिथिहरुमा बला सापकोटा , एनआरएनए आइसीसी मानार्थ सदस्य नरेन्द्र भाट, एन सीसीका द्वितीय उपाध्यक्ष सुर्दशन भट्ट , नेपाली जन सम्पर्क समितिका महामन्त्री अजिज अली, प्रवासी नेपाली मंचका सचिवालय सदस्य छविरमण कटुवाल , नेपाली प्रगतिसिल मंचका उपाध्यक्ष राजु डुम्रे ,मोहम्मद मुत्तदा ,देब राज राई ,हुसेन खान रहेका थिए ।
कतारमा स्थापित सामजिक संघ संस्था,जातिय, प्रमुख तथा बुद्धिजिवि , पत्रकार प्रतिधिनिको अतिथि रहेको उक्त कार्यक्रमा कास्कीली गैर कास्कीहरुको उल्लेखनीय उपस्थिति रहेका थियो ।
कतारमा रहेर कलाकारीता क्षेत्रमा आफनो सांगितिक पैचाहन बनाउन सफल भएका फेवा साँस्कृतिक परिवारका कलाकारले बेजोड प्रस्तुतिले कार्यक्रममा अर्को रौनकता थपेको थियो संगित प्रमिहरुले आ–आफना मनोञ्जन सांगितिक प्रस्तुत गरेका थिए । मन्तव्यको क्रममा सबैले पोखरा नेपाल भित्रको पर्यटक प्रख्यात जिल्ला मात्र नभएर विस्वमा चिनाउन सफल रहेको छ । प्रकृतिको सुन्दरताको भरिएको अवलोकन गर्ने सकिने रहेको एकपटक जानै पर्ने जस्तो ठाँउ रहेको।
छैटौ महाधिबेशनको बन्द सत्रले विश्वबन्धु थापाको अध्यक्षतामा १ बरिष्ठ उपाध्यक्ष विक्की विक, उपाध्यक्ष प्रकाश विक , उपाध्यक्ष मन बहादुर कुँवर , सचिव खुसीमान गुरुङ, सहसचिव अमृत बि.क, कोषाध्यक्ष अग्नी देबकोटा ,सहकोषध्य बावुराम थापा, रहेका छन। सदस्यहरुमा क्रमश: सुरज राना भाट ,पारसिङ तामाङ ,केशव बहादुर कार्की , सुर्य बहादुर गायक रहेका छन ।
निर्वाचित कार्यसमितिलाई अधिवेशनका धुर्वराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्ररण गराएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend