साझा नेटवर्क
हुमाकान्त पोखरेल
१४ वैशाख, गुल्मी । नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिका वार्ड नम्बर १ को आयोजनामा तम्घास चिदिचौर नजिकै रहेको गौमुखे धारा तथा मुहान वरीपरि सरसफाई गरिएको छ । ‘नेपाली काङ्ग्रेसको आह्वान, गाउँ जाउँ, गाउँमै रमाऔ, ५० दिने महाअभियान’ अन्तरगर्तको शुक्रबार १४ औँ दिनमा रेसुङ्गा नगरपालिका १ ले धारा सरसफाई गरेको हो ।
सरसफाईअन्तगरत धाराभित्र तथा बाहिर रहेका पातपतिङ्गर हटाउने, धारावरिपरिका झाडिहरु हटाउने, अनावश्यक ढुङ्गाहरु हटाउने तथा वरीपरि रहेको फोहोर सफा गरी डस्विनमा जम्मा गरि विसर्जन गरिएको छ । अभियानमा अहिले जिल्लाका अधिकाशं ठाउँहरुमा काङ्ग्रेसको नेतृत्वमा धारा, पधेँरा, कुवा, चौपारी, मन्दिर लगायतका सार्वजनिक स्थलहरुमा सरसफाई भइरहेको छ ।
गुल्मी काङ्ग्रेसले जिल्लाका ९३ वटै वडामा काङ्ग्रेसका एक÷एक जना प्रतिनिधि गरिब–दलितका घर पठाएको छ । सात हप्ते अभियानलाई तिन चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा तिन हप्तासम्म गाउँकै गरिबका घरमा बस्ने, दोस्रो चरणमा एक हप्ता समिक्षा र तेस्रो चरणमा दोस्रो चरणको समिक्षिले कार्यक्रम निर्धारण गर्ने पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए । अहिले उसको पहिलो चरणको कार्यक्रम चलिरहेको छ ।
यसकारण ५० दिने महाअभियान
नेपाली काङ्ग्रेसले संगठन कमजोर भएको भन्दै संगठन सुदृढिकरणको लागि अभियान थालेको पार्टी सचिव पन्थीले बताए । नेपाली काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई सङ्गठनलाई चुस्त–दुरुस्त बनाउन, लैङ्गिक, जातीय, वर्गीय तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्न, ग्रामिण समस्याहरु अनुभुत समाधानको लागि पहल गर्न, छायाँ सरकार गठन गरी सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न ५० दिने महाअभियानको सुरुवात गरिएको सचिव खिलध्वज पन्थीले बताए ।
त्यस्तै आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारीमार्फत कार्यक्रतालाई उत्साह जगाउने, धर्म, सँस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकिय स्थलहरुको सम्वद्र्धनमा सहयोग गर्ने पनि अभियानको उदेश्य रहेको छ । हालसम्म पार्टीले गरेका अधिकाशं कामहरु नेतामुखि भएकोले अव पार्टीले जनतामुखि काम गर्न गाउँका गरिब, दलितको घर बस्ने निर्णय गरेको हो ।
जिल्ला सदस्य एकजना एक वडाको गरिबको घरमा उनीहरुसँगै खाने, बस्ने र काम गर्ने काम गर्ने गरिरहेको प्रवक्ता विष्णु सापकोटाले बताइन् । फागुन २७ गतेको बैठक तथा वडा सभापति र सचिवहरुको चैत ६ गते बसेको भेलाले ५० दिने महाअभियान गर्ने निर्णय गरेको थियो ।
महाअभियानमा नेपाली काङ्ग्रेसका विभिन्न जिल्लास्तरिय नेता तथा उसका भातृ संगठन नेविसंघ, तरुण दल, महिला संघ लगायतका नेताहरु पनि सहभागि भएका छन्् । शुक्रबार गरिएको सरसफाईमा पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ, नेपाल महिला संघ रेसुङ्गा नगरपालिका कोषाध्यक्ष निर्मला केसी, प्रेस युनियन जिल्ला सभापति हरी कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend