साझा नेटवर्क
????????????????????????????????????
टोपलाल अर्याल, गुल्मी बैशाख १४।
सत्यवति गाउँपालिका वडा नं १ को आयोजनामा महिलाहरुका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम अस्लेवामा सम्पन्न भएको छ । तीन दिनसम्म संचालन भएको तालिममा वडा भित्रका ४६ जना महिलाहरुको उपस्थिती रहेको थियो ।
तालिमको समापन गर्दै सत्यवति गाउँपालिकाका प्रमुख पारिश्वर ढकालले महिलाहरुको नेतृत्व क्षमता विकास भए मात्रै नेतृत्वमा उनीहरु अघि बढ्न सक्ने बताए । अहिलेको संविधानले महिलाका थुप्रै संभावनाहरुको संवोधन गरेकाले त्यसको फाइदा लिन महिलाहरुमा संघर्ष र क्षमता विकास आवश्यक रहेकोमा जोड दिए ।
साथै उनले यो तालिम अत्यन्तै फलदायी रहेकाले गाउँपालिकाका अरु वडाहरुमा पनि संचालन गर्ने प्रतिवद्धता गरे । त्यस्तै वडा अध्यक्ष भिमलाल पाण्डेयले सर्वप्रथम व्यतिm आफु बसेको ठाउँबाट उठ्न र बोल्न नसकेसम्म उसको क्षमता विकास नहुने भएकाले उद्घोषण तथा क्षमता अभिबृद्धि सम्बन्धि तालिम राखिएको बताए ।
तालिम भनेको एउटा बाटो देखाउने काम भएकाले सिकाईलाई व्यावहारमा उर्तान नसके जतिसुकै तालिम ल्याए पनि त्यो सफल नहुनेमा जोड दिए । प्रशिक्षक नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जर्नादन घिमिरेले तालिमसंगै आफ्नो चिन्तनमा परिवर्तन गर्न सके सवैलाई आग्रह गरे ।
तालिमलाई केहि समयको बसिबिँयालो बनाउने वा उपलब्धिमुलक भन्ने कुरा व्यक्तिको सोचाई र व्यावहारिकतामा भर पर्ने भएकाले त्यो जिम्मा स्वय प्रशिक्षार्थीमा रहेको बताए । प्रशिक्षार्थी लक्ष्मी पाण्डेले आफुहरुलाई यो तालिमले नयाँ सोच र उर्जा प्रदान गरेकाले व्यावहारमा प्रयोग गरेर देखाउने बताइन् ।
उनले आफुहरु बोल्न धक मान्ने र लजाउने कारण समुह र संगठनमा निकै परिरहेका बेलामा तालिमले हिम्मत दिएको प्रतिक्रिया दिइन् । तीन दिनसम्म नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष तथा एभिन्युज टेलिभिजनका संवादाता जर्नादन घिमिरे र नेपाल पत्रकार महासंघ गुल्मीका सचिव तथा नयाँ पत्रिकाकर्मी टोपलाल अर्यालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम सत्यवति गाउँपालिका वडा नं १ का वडाध्याक्ष भिमलाल पाण्डेको अध्यक्षता, गाउँपालिका प्रमुख पारिश्वर ढकालको प्रमुख आतिथ्यता तथा वडा सचिव झविन्द्र पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधी, स्थानीय नेता, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा सरोकारवालाको सहभागीता रहेको थियो । कार्यक्रमको संयोजन जनता माविका शिक्षक बिष्णु पाण्डेले गरेका थिए ।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend