logo
  • आइतबार, असोज ११ २०८३

रोल्पा लुङग्री बराह युवा कल्बको प्रथम वार्षिकत्सब उद्घाटन सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चोम बिष्ट ,रोल्पा बैशाख १३ ।
रोल्पा लुङग्री गाउँपालिकाको ५ नम्बर वडा बडाचौर तल्लो सेवारमा बैशाख ११ गते रोल्पा लुङग्री बराह युवा कल्बको प्रथम वार्षिकोत्सब कार्यक्रम कल्बको अध्यक्ष होम बहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा ५ नम्बर वडापालिका वडाध्यक्ष भरत थापाको प्रमुख अथितित्व रहेको थियो। कार्यक्रममा बिशेष अथितिमा प्रताप के:सी त्यस्तै अथितिमा  देबिराम बिष्ट,लोक गायक रबिन्द्र सुनार,गन्ज बहादुर गुरुङ,युवा बुद्धिजीवी राम बहादुर सुनार,समाजसेवी बुद्धिजीवी रमेश बिष्ट ओम बुढाथोकी,थर्कोट युवा कल्वका अध्यक्ष छबिलाल सुनार,कमल बुढाथोकी,मन बिष्ट,प्रकाश बिष्ट,गिरमान बिष्ट,ज्ञान बुढाथोकी, चेतमान केसि,इमान बिष्ट, रुपलाल बिष्ट, हिमन पुन,हेनु बिष्ट,आइत बहादुर बिष्ट दरिभान बुढाथोकी,शेर बहादुर बुढाथोकीको  अथितित्व  रहेको थियो।
कार्यक्रमका सभापति प्रमुख अथितिबाट ब्यान उद्घाटन गरिएको थियो भने चेतमान केसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लोक गायक रबिन्द्र सुनारले स्वागत गित संगै सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए मन्तव्य क्रममा अनिल केसि,गिरमान बिष्ट,हेनु बिष्ट,राम बहादुर सुनार,देबिराम बिष्ट प्रताप केसिले क्लबको प्रथम वार्षिकत्सब सभ्य एवं भब्य रूपमा सम्पन्न हुन लागेको साथै उपस्थित सबैलाई धन्यवाद दिदै कल्बले खेललाई मात्रै नभई थप चौतर्फी बिकास संगै नयाँ चेतनामूलक कार्यक्रम ल्याउनु पर्ने बताए।
मन्तव्यमा प्रमुख अथिती भरत थापाले क्लब खेल क्षेत्रको मात्र नभई चौतर्फी रूपमा रहनुपर्ने हरेक समस्याको क्षेत्रमा अग्रसरताको साथमा लागिपर्न समाजमा रहेका नकारात्मक बिसङगतीलाई निर्मुल पार्न गाउँ सामाजमा जनचेतनामुलक कार्यक्रम बिस्तार गर्न समाज पर्तिको सदैव सकारात्मक बोध गर्दै क्लबको नियम र परिधिभित्र रहदै यस क्लबको प्रथम वार्षिकोत्सबले नयाँ जोस जागरका साथ अगाडि बढोस् फलोस फुलोस सधैभरी कल्बले  गर्ने काम र कर्तव्य  प्रती  अग्रसर रहोस् कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद सहित शुभकामना दिएका थिए।

अन्त्यमा कार्यक्रमका सभापति होम बुढाथोकीले उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम उद्घाटन सम्पन्न भएको घोषणा संगै खेलमा सहभागी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरे। कार्यक्रम संचालन मनोज बिष्टले गरेका थिए कार्यक्रममा विभिन्न खेलको आयोजना गरिएको हुदा कार्यक्रम ११,१२,१३ गतेसम्म संचालन हुने आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend