logo
  • आइतबार, असोज ११ २०८३

जिल्ला प्रशासन कार्यालय तम्घास गुल्मीमा गुनासो संकलन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , गुल्मी बैशाख १२ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत गुनासो संकलन कार्यक्रम सम्पन्न गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी जिल्ला प्रशासन कार्यलयले प्रदान गर्ने सेवासम्बन्धमा सेवाग्राहीको गुनासो सुन्ने कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सेवा लिदा सोधपुछ कक्ष नभएको, सेवाग्राहीको संख्या बढी तर कर्मचारीको अभाव रहेको, नेपाली नागरिक भारतिय पेन्सनरहरुको नगरिकता र पेन्सन पट्टामा नाम फरक परेको र सो सच्चाउने कार्यका लागि वढी समय लाग्ने गरेको शान्त वातावरणमा पालैपालो नाम सुन्नै व्यवस्था गर्नुपर्ने लगाएतका गुनासोहरु आएका थिए ।

उक्त गुनासोहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका अध्यक्ष श्यामकुमार पण्डेयले बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय कार्यक्रम सहायक अञ्जना अधिकारी र कार्यक्रम सहयोगी विक्रम पन्थीको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend