logo
  • आइतबार, असोज ११ २०८३

स्थानीयले बनाए इस्मामा प्रतीक्षालय


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल , गुल्मी बैशाख १० ।
इस्मा गाउँपालिका ५ को पाहाकटेरीमा स्थानीयको सक्रियतामा प्रतीक्षालय निर्माण गरिएको छ ।
पाकाकटेरीका एक दर्जन परिवारले आफुहरुले स्वतस्फूर्त रुपमा रकम संकलन गरेर प्रतीक्षालय बनाएको निर्माणकर्ता प्रेमलाल अर्यालले बताए । निर्माणका लागि प्रकाश अर्यालले ५० हजार,रमा देवी २५ हजार,बाबुराम अर्यालले २५ हजार,गोपाल  कुवँरले २० हजार, खिम राज अर्यालले १० हजर, टीकाराम अर्याल १० हजार, लिल बहादुर बिस्टले १० हजार, शान्ति अर्यालले ६ हजार, गणेश कार्की,शेर बहादुर कर्की, प्रकाश कार्की,मनिस अर्याल र प्रदिप अर्यालले ५/५ हजार सहयोग गरेका छन।
अहिलेसम्म १ लाख ८१ हजार संकलन भएपनी खर्च २ लाख २५ हजार भएको निर्माण सदस्य बाबुराम अर्यालले बताए । प्रतीक्षालयको ९० वर्षिय बयोवृद्ध पबित्रादेवी अर्यालले सोमबार उदघाटन गरे ।

इस्मा-अर्खाबाङ सडक खण्डको छेउमा निर्माण भएको प्रतीक्षालयले बटुवा देखि वृद्धहरुलाई  फाइदा पुग्ने प्रतीक्षालयको परिकल्पनाकार समेत रहेका प्रकाश अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend