logo
  • आइतबार, असोज ११ २०८३

संघियता कार्यान्वयनमा गहन जिम्मेवारी रहेको युवाहरुको जोड


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री ,गुल्मी बैशाख १० ।
संघियता कार्यान्वयनमा आफुहरुको गहन जिम्मेवारी हुनेमा युवाहरुले जोड दिएका छन् । जिल्ला युवा समितिको कार्यालय गुल्मीले आयोजना गरेको बक्तृत्वकला प्रतियोगीतामा वोल्ने बक्ताहरुले राज्यको अभिन्न अंग र राष्ट्रिय ध्वजा भएकाले देश विकासमा आफुहरुको भूमिका र कर्तव्य हुनेमा जोड दिएका हुन् ।
सुव्यवस्थित ढङगले शासन संचालन गर्ने पद्यति सबै केन्द्रमा रहेकोमा हक अधिकारलाई स्थानीय तवरमा प्¥याउने संयन्त्र नै संघियता भएको प्रष्ट्याउदै युवाले आफुहरु जिम्मेवारीवाट विचलीत हुन नहुनेमा जोड दिए । आफ्नो बार्षिक युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत संघियता कार्यान्वयनमा युवाको भूमिका विषयमा आयोजना गरीएको प्रतियोगितामा रेसुङगा वहुमुखी क्याम्पसका विक्रम पन्थी पहिलो महेन्द्र नमुना मा.बि कि मनिषा पौडेल दोस्रो सिद्यबाबा मा.बिका विकास तामाङ तेस्रो र रेसुङगा क्याम्पसकै अनिता जिसी सान्त्वना भएका थिए । प्रथम भएका पन्थीले संघियताको कार्यान्वयनको पक्षमा देखीएका जटिलतालाई युवापङतीले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्तममा बोल्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले युवा परिवर्तनका संवाहक भएको बताउदै देशको सम्बृदीमा युवाको भूमिका अतुलनिय हुने बताए । उनले गाउँगाउँमा जनताको अधिकार पु¥याएकोमा ति अधिकारको रक्षा र पूर्ण कार्यान्वयन गर्ने जिम्मा पनि युवाको काधमा रहेको वताए ।
कार्यक्रममा शिक्षक डोरविक्रम श्रीसले अन्य देशको चौतर्फी विकासको इतिहास हेर्न हो भने पनि त्यसको मुख्य भागिदार युवाहरुने भएको वताए । युवा समिति कार्यालय प्रमुख लोकनाथ मरासिनी ,विद्यालय निरीक्षक पिताम्वर पन्थी ,कार्यक्रम अधिकृत संकर गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

जिल्ला युवा समिति गुल्मीका अध्यक्ष राजेन्द्र विक्रम कुवँरले युवा देश विकासका मेरुदण्ड र परिवर्तनका संवाहक भएको उल्लेख गर्दै स्थानीय सरकारको स्थायीत्व र प्रभावकारीतामा उल्लेखनीय भूमिका युवाको हुनेमा जोड दिए । उनले स्वदेशमै आत्मनिभृर भै देशको अर्थतन्त्रमा टेवा पु¥याउने र विदेशिन लागेका युवालाई रोक्ने मुख्य उद्येश्य यस समितिको रहेको बताए ।

हरेक वेरोजगार युवालाई उद्यमी बनाई हरेक वर्ष विदेश पलायन हुने शक्ति र सामथ्र्यलाई स्वदेशमै लगानी गर्नुपनेृमा जोड दिए । कार्यालय प्रमुख मरासिनीले काम कर्तव्य माथी प्रष्ट्याउनु भएको थियो भने ना सु संजीवनी अर्यालले कार्यक्रमको सहजीकरण रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend