logo
  • आइतबार, असोज ११ २०८३

धुर्कोटकी युवती एक महिनादेखि वेपत्ता


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल , गुल्मी बैशाख १० ।
गुल्मीको धुर्कोट गाउँपालिकाकी एक यवती एक महिनादेखि वेपत्ता भएकी छिन् । धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोक बर्बोट निवासी ३२ बर्षिया सुनिता पाण्डे खनाल चैत १० गतेदेखि घरबाट हराएको उनका श्रीमान रामु खनालले बताए ।
निलो सट र टाउकोमा रुमाल लगाएकी खनाल करिब पाचँ फिट उचाईकी छिन् । गोलो बर्ण र गहुँगोरो अनुहार भएकी सुनिता सुस्त मनस्थितिकी हुन् । उनी हराएको उजुरी प्रहरीमा दिएपनि अझैसम्म पनि फेला नपरेको श्रीमान रामुले बताए ।

एक महिनादेखि सुनिता हराइरहेकोले परिवारजनले खोजि गरिदिन सबैमा आग्रह समेत गरेको छ । जसका लागि नजिकैको प्रहरी चौकि वा ९८४७१८६५८५, ९८५७०६७४६० वा ९८६७१३२०८२ मा सम्पर्क गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend