logo
  • आइतबार, असोज ११ २०८३

जेलमा रहेकी ४ वर्षिय बालिकाको अभिभाव नगर प्रमुख


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री ,गुल्मी बैशाख ८ ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै बिद्यार्थी भर्ना अभियान चलिरहेका बेला बिद्यालय बाहिर रहेका बालवालिकाहरुलाई भर्ना अभियानमा ल्याउन सुरु गरिएको छ ।
बिद्यालय बाहिर रहेका बिभिन्न कारणले पढन नपाएका बालवालिकाहरुलाई भर्ना गर्न बिभिन्न जनप्रतिनिधीहरुले अभिभावकत्व ग्रहण गर्न थालेका छन् । गुल्मीमा रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले कारागार भित्र रहेकी ४ वर्षिय बालिकालाई बिद्यालयमा भर्ना गर्दै अभिभाकत्व ग्रहण गरेका छन् । आमासँग जिल्ला कारागार गुल्मीमा जेल भित्र बसेकी साबिकको हाडहाडे गाबिस निवासी बालिका बिपिका पुनलाई तम्घासको महेन्द्र नमूना माध्यमिक बिद्यालयमा नर्सरीमा भर्ना गर्दै मेयर भुसालले पढाई खर्च बापत लाग्ने अर्च आफुले भुक्तानी गर्ने जिम्मा लिएका हुन् ।
बालिकाको भर्ना गराउन कारगार परिसरमै नगर प्रमुख भुसाल, निमित्त प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा,महेन्द्र नमूना माबिका प्राचार्य केशरबहादुर थापा, शसस्त्र प्रहरी वल गुल्मका प्रमुख प्रेमप्रकाश सिग्देल, प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरी लगायतका टोलीको रोहबरमा भर्ना गरिएको हो । बालिकालाई उनिहरुको रोबरमा नगर प्रमुखले सम्पूर्ण खर्च व्याहोर्ने गरि अबिभाकत्व लिएको प्रतिबद्धता जनाएका थिए ।

बालिकालाई भर्ना गर्दै कारागार परिसरमा भएको कार्यक्रममा नगर प्रमुख भुसालले आमासँग जेल जिवन बिताएर पढन लेख्नबाट बञ्चीत भएको थाहापाएसँगै आफुले उक्त बालिकाको सम्पूर्ण पढाई खर्च व्यहोर्ने बताएका थिए । कारागारमा अबस्था बुझने क्रममा आमासँग जेल जिवन बिताएको थाहापाएपछी बच्चाले पढन पाउने अधिकारलाई बञ्चीत नहोस भन्दै आफुले पढाउने जिम्मा लिएको भुसालको भनाई छ ।

नगर प्रमुख भुसालले बिद्यालयमा भर्ना गर्दै बालिकाको पालन पोषण, शिक्षा स्वस्थ्य, सम्पूर्ण जिम्मा लिएर उनले पढन चाहे सम्म पढाउने गरि जिम्मा ल्याएको बताए । बालिकालाई महेन्द्र माबिमा कारागारबाटै पढन आउने जाने व्यावस्था मिलाइने भएको छ ।

आमासँगबाट बाहिर बस्न मिल्ने भएपछी मात्रै उनललाई अरु व्यबस्था गरेर पढाइने नगरप्रमुख भुसालले बताए । बालिका पुनकी आमा कर्तव्य ज्यान मुद्धामा ०७२ साल देखि जेलमा सजाए भोग्दै आएकी छन् । कर्तव्य ज्यान मुद्धामा उनलाई ०९२ साल सम्म जेल सजाए तोकिएको छ ।

नगरप्रमुख भुसालले नगर भित्र रहेका अरु धेरै पढन लेख्नबाट बञ्चीत बालवालिकाहरुलाई बिद्यालयमा ल्याउनको लागि बिभिन्न अभियानहरु थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend