साझा नेटवर्क
साझा नेटवर्क , दोहा कतार ।
कतार एरवेजको मातहतको एभिएसन सर्विसेज कम्पनिमा कार्यरत कामदारहरु मार्फत स्थापना गरीएको हिमालयन युवा समाज कतारले ११ औं बार्षिक उत्सव तथा १० औ अधिवेसन भब्य साथ सम्पन्न गरेको छ ।
कार्यक्रमको संस्थाका निर्वतमान अध्यक्ष भबिन्द्र कुमार थापा मगरको सभापति सभापतित्वमा तथा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको प्रमुख अतिथित्वमा बिशेष अतिथिमा सद्धभाव युवा समाज कतारका अध्यक्ष सन्तोष गुरुङ ,अतिथिहरुमा प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ तामाङ साथैै जागरुक युवा समाज नेपालका प्रमुख सल्लाहकार दिपक ढकालको उपस्थिति रहेको थियो । उक्त अधिवेशनबाट राम शरण श्रेष्ठको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
सोहि कार्यक्रम मार्फत दोलखा जिल्ला शिवशंकर गाउ पालिका स्थित सुरी प्राथमिक स्वास्थ्य केन्द्र स्थापनार्थ आयोजित भाग्यशाली चिठ्ठा कार्यक्रम पनि सु सम्पन्न गरिएको थियो । भने प्रथम उपाध्यक्षले सम्पूर्णमा स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए। महासचिव विनोद अधिकारीले संस्थाले गरेका कार्य प्रतिवेदन तथा कोषाध्यक्ष नारायण मैनाली मार्फत आर्थिक प्रतिवेदन प्रस्तुत गरिएका थियो ।
मन्तब्यको क्रममा बक्ताहरुले संस्थाले स्थापनाकाल देखि सामाजिक कार्यहरमा पु¥याएको योगदानको उच्च मुल्याङकन गर्दै खुलेर प्रशंसा गरिएको थियो । संस्थाको स्थापना काल देखि हाल सम्म यस संस्थाले गरेका केहि उल्लेखनिय कार्यहरु द्धन्दकालमा सरकारी पक्ष तथा माओवादि द्धन्दबाट पिडित गोखा जिल्ला गाईखुर गाउँका बालक द्धय सुमन घर्ति र सुजन घर्ति जुन बालकहरुले आफ्नो अभिभावक गुमाएका थिए । उच्च् शिक्षाका लागी आर्थिक सहयोग गरी यस संस्थाले आफ्नो कार्य सुभारम्भ गरेको थियो ।
२००७ नोभेम्बरमा संस्थाका संस्थापक सदस्य गजेन्द्र श्रेष्ठ लाई स्वास्थ्य उपचारको निम्ति आर्थिक सहयोग प्रदान ग¥यो । २००७ नोभेम्बर मा नै उत्तम अधिकारीको लागी पनि स्वास्थ्य उपचारको निम्ति आर्थिक सहयोग प्रदान ग¥यो । २००८ मार्चमा कुवेतमा मृत्युदण्डको सजाय सुनाइएकी नेपाली चेली डोल्मा शेर्पा बचाउ अभियानमा संस्थाको तर्फबाट पनि आर्थिक संकलन गरेको थियो ।
त्यसै गरी २००८ सेप्टेम्बरमा कतार एभिएसन कम्पनिमा कार्यरत सदस्य साथी जो मेडिकल अन फिट भएको कारण नेपाल फर्काइएको थियो धुर्व बराल लाई आर्थिक सहयोग गरेको थियो। भने २००९ अगष्ट महिनामा नेपालमा भएको झाडापखला तथा हैजा ग्रस्त क्षेत्रमा आर्थिक सहयोग हिमालयन टाइम्स पत्रिका सँगको सहकार्यमा पठाइएको थियो।
त्यसैगरी २०१० अप्रिलमा यहि कतारमा कार्यरत मृगौला पिडित रिम बाहादूर गूरुङलाई स्वास्थ्य उपचारको निम्ति आर्थिक सहयोग गरिएको थियो । २०११ फेब्रुअरीमा कतार एरवेजमा कार्यरत भारतिय नागरिक वेवि कुट्टिलाई स्वास्थ्य उपचारको निम्ति आर्थिक सहयोग हस्तानतरण गरिएको थियो । २०११ मार्चमा कतारमा अलपत्र परेकी नेपाली चेलि सविना गुरुङलाई नेपाल फ्रितीको लागी हवाइ टिकटको व्यवस्था गरी गरिएको थियो ।
२०११ सेप्टेम्वरमा कतार एरवेजमा कार्यरत गोर्खाका मित्र स्वगीय मान बहादुर आले मगरको परीवारका लागी आर्थिक सहयोग प्रदान गरेको थियो त्यस्तै २०१२ जनावरीमा ब्लड क्यानसर बिरामी वालिका सरिता डि सी को स्वास्थ्य उपचारको लागी ठूलै आर्थिक रकम सहित नेपाली ९०,०१० सहयोग प्रदान गरिएको थियो । २०१२ अगष्टमा कतार एरवेजको मातहतमा काम गर्ने मजदुर स्व. अबिन तामाङको छोरा सुवास तामाङको उचित शिक्षादिक्षाको लागी हिमालयन समाजको तर्फबाट र यस संस्थाको पहलमा आर्थिक सहयोग संकलन गरी रु. ४१०९०७ (चार लाख दशहजार नौसय सात रुपैया ) सुवास तामाङका नाममा नेपाल वाणिज्य बैक पथरी मोरङ शाखामा बैंक खाता खोली जम्मा गरिएको थियो । अबिन तामाङको हमाद हस्पिटलमा उपचारको क्रममा मृत्यू भएको थियो) ।
२०१३ सेप्टेम्वरमा महाकाली दार्चुला बाढी पडितहरुको लागी आर्थिक सहयोग हस्तान्तरण गरीयो । २०१३ नोभेम्वरमा हेल्प नेपाल नेटवर्क मार्फत दुखमा परेका नेपाल र नेपालीको सहयोगका लागी भनेर नेपाली १३,४२९ हेल्प नेपाल नेटवकलाई सहयोग हस्तान्तरण गरेकको थियो । २०१४ जनवरीमा कतार एरवेजमा कार्यरत भारतिय नागरीक स्वगिय मोहमद पटेलको परिवारलाई कतारी रियल २१४६ हतान्तरण गरीयो ।
२०१४ अक्टोबरमा सिन्धुली जुरे पहिरो पिडितहरुको निम्ति आर्थिक रकम संकलन गरी संकलित रकम तथा संस्थाको तर्फबाट सहयोग रकम गरी प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा रहने गरी नेपाली १,०७९,०० को चेक पुर्व प्रधानमन्त्रि स्वगीय शशिल कोइरालालाई हस्तान्तरण गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend