साझा नेटवर्क
तिलु शर्मा पौडेल , दोहा ।
नुवाकोट सेवा समाज कतारको आयोजनमा भोलि सम्पन्न हुन् लागिरहेको नयाँ बर्ष धमाका २०७५ को लागि कलाकार कतार आईपुगेका छन ।
“बृद्धाश्रम तथा शारीरिक अपाङ्गहरुको सहयोगार्थ” आयोजना गर्न लागिएको उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति राख्नको लागि नेपालबाट गायक तथा संगीतकार रुपक डोटेल, लोक लोक पप गायक मदन थापा र म्यन्दोमाया गायिका मनमाया वाइबा आज बिहानै कतार उत्री सकेका छन् ।
उनिहरुलाई हमाद एयरपोर्टमा नुवाकोट समाजका अध्यक्ष हरिराम खडका, कार्यक्रम संयोजक नारायण भण्डारी लागायत बिभिन्न व्यक्तिहरुले भब्य स्वागत गरेका थिए । लोक दोहोरि गायिका स्मृति गौतम केही प्रशासनिक समस्याका कारण आज राति मात्र कतार उत्रने जानकारी कार्यक्रम सयोजक भण्डारीले दिए ।
दोहा सहरको मुटुमा रहेको गल्फ प्याराडाइज होटेल ( जैदा बृज नजिक) सम्पन्न हुन् लागिरहेको कार्यक्रमको मुनाफाबाट बिसेष त् मेरुदण्डको समस्या भै वृद्धाश्रम तथा अस्पतालको बेडमा छट्पटी रहेका पिडितलाई सहयोग गर्ने समाजले मुख्य उदेस्य लिएको छ । समाजको आठौ प्रस्तुति संगै नया “बर्ष धमाका २०७५” नामाकरण गरिएको कार्यक्रमका ९०% भन्दा बढी टिकट बिक्रि भै सकेको र कार्यक्रमका लागि आफनो उत्साहितता एकदम बढेको भन्दै अध्यक्ष खडकाले कतारमा रहेका सम्पूर्ण सम्पूर्ण नेपालीहरुलाई नुवाकोटे सेवा समाजका लागि भन्दा पनि अस्पतालका सैयो तथा वृद्धाश्रममा दुखजिलो गरि दिन काटिरहेका दुखि असाहयहरुको पिडामा केही हदसम्म भए पनि मलम लगाइदिन हल सम्म आएर कार्यक्रम अबलोकन गरिदिन हुन् आग्रह गरे ।
उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार संगै कतारमा स्थापित बिभिन्न संघ सस्थामा आवद्ध लगभग एक दर्जन कलाकारले आफनो सांगीतिक प्रस्तुत दिने छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend