logo
  • शनिबार, भाद्र २० २०८३

अमेरिकी सैनिक हस्तक्षेत्र प्रति गुल्मेली मावन अधिकारर्कीहरुको बिरोध


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

Thick smoke from an airstrike by the US-led coalition rises in Kobani, Syria, as seen from a hilltop on the outskirts of Suruc, at the Turkey-Syria border, Wednesday, Oct. 22, 2014. Kobani, also known as Ayn Arab, and its surrounding areas, has been under assault by extremists of the Islamic State group since mid-September and is being defended by Kurdish fighters. (AP Photo/Lefteris Pitarakis)

टोपलाल अर्याल ,गुल्मी बैशाख ४ ।
अमेरिकाको नेतृत्वमा बेलायत, फ्रान्स र जापान लगायत मुलुकका सेनाले आतंकवाद अन्त्य गर्ने नाममा सिरिया माथि गरिएको सैनिक हस्तक्षेपको गुल्मेली मानव अधिकारकर्मीहरुले बिरोध गरेका छन् ।पछिल्लो समय अमेरिकाले सिरिया लगायतका देशहरुमा हस्तक्षेप गर्दै गम्भिर मानवअधिकार उल्लंघनका घटना घटाई रहेको छ । अमेरिकाको निन्दनीय कार्य प्रति गुल्मी जिल्लामा कार्यरत मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरुले प्रेस बिज्ञप्ती इन् जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

सैनिक हस्तक्षेपबाट सिरियाली महिला, बालबालिका र निहत्त्ता जनताको आम नरसंहार गरी गम्भिर मानवता विरुद्धको अपराध भईरहेकाले तुरुन्त सैनिक हस्तक्षेप रोकी मानवअधिकारको सम्मान र संरक्षण गर्न युद्धरत पक्ष समक्ष माग गरेका छन् । साथै बिज्ञप्तीमा युद्ध रोकी शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न संयुक्त राष्ट्र संघ समक्ष जोडदार अपिल गरेका छन् ।

मानव अधिकार प्रर्वद्धन समितिको नेतृत्वमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गुल्मी, सुशासन अभियान गुल्मी, मानवअधिकार संरक्षण मञ्च, गुल्मी उद्योग बाणिज्य संघ, जिल्ला बार एसोसिएसन गुल्मी, नेपाल पत्रकार महासंघ गुल्मी, सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मी, नागरिक समाज गुल्मी, गैर सरकारी संस्था महासंघ गुल्मी, मानवअधिकार सचेतन संस्था गुल्मी, एकीकृत ग्रामीण विकास समाज गुल्मी ।

 मानव अधिकारका लागि महिला एकल महिला समूह, परिकल्पना पहल गुल्मी, प्रध्यापक संघ रेसुङगा बहुमुखी क्याम्पस गुल्मी, जन विकास केन्द्र गुल्मी, नार्डेक गुल्मी, बौद्धिक अपाङगा अभिभावक संघ गुल्मी तथा दलित महिला संघले बिज्ञप्ती मार्फत एक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend