logo
  • आइतबार, असोज ११ २०८३

रोल्पा गुम्चाल प्रवासी सेवा समाजद्वारा श्री जन ज्योति माध्यमिक बिधालय पुरस्कृत


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चोम बिष्ट, रोल्पा बैशाख २ ।
रोल्पा लुङग्री ६ गुम्चालमा रहेको श्री जन ज्योति माध्यमिक बिधालयको वार्षिक नतिजा प्रकाशित तथा पुरुषकार बितरण कार्यक्रम  बिधालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त कार्यक्रमको  बिशेष अथितीमा शिक्षक अभिभावक संघका अध्यक्ष डाक बहादुर रोका रोल्पा गुम्चाल प्रवासी सेवा समाजकतारका निवर्तमान महासचिव श्री चोम बहादुर बिष्ट अथितिमा समाजका द्वितीय उपाध्यक्ष गोबिन्द बुढाथोकी, शेर बहादुर बुढाथोकी,बिरन बुढाथोकि लगाएत विद्यार्थी शिक्षक अभिभावक समाजसेवी बुद्धिजीविको बाक्लो उपस्थितमा रहेको कार्ययक्रम स्वागत मन्तव्य शिक्षक जुगलाल शर्माले उपस्थित विद्यार्थी सबैलाई धन्यवाद दिदै जो अहिलेको वार्षिक नतिजाबाट उतिर्ण हुन सफल भएकालाई थप सफलताको शुभकामना बधाई तथा  उतिर्णहुनेलाई जोस जागरका साथमा अगाडि बढ्नको निम्ति ध्यानाकर्षण गराएका थिए।
मन्तव्यमा चोम बिष्टले रोल्पा गुम्चाल प्रवासी सेवा समाजको बारेमा प्रष्ट पार्दै यो समाज गुम्चालको निम्ति साझा सस्था रहेको र आउदो see परिक्षाबाट उत्कृष्ट बिद्यार्थीलाई समेत पुरुष्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको बताए त्यस्तै कार्यक्रममा समाजका महासचिव चोम बिष्टले बिधालय क्षेत्रको सबै आउने गरि तयार पारिएको फोटो बिधालयलाई प्रदान गरेका थिए। त्यस्तै समाजको तर्फबाट बिधालय प्रथम चोकेन्द्र रोका 7६.१६% लाई तीन हजार, द्वितीय शर्मिला बुढाथोकी ७४.८३% लाई दुई हजार, तृतीय टीका बुढाथोकी ७४.३३% लाई एक हजार, त्यस्तै अनुशासित तर्फबाट सिमा रोका र रुबिन्द्र बिष्टलाई एक / एक हजार समाजको तर्फबाट गोबिन्द बुढाथोकी,चोम बहादुर बिष्ट,सेर बहादुर बुढाथोकी ले हस्तान्तरण गर्नु भएको थियो।
यसका साथै प्रवासमा रहेर पनि आफ्नो जन्म भूमी तथापी आफुले भोगेका पीडा र बिडम्बनाका घनिभूत परिदृष्यलाई मध्यनजर गर्दै भविष्यमा यी बिध्यार्थी भाईबहिनीहरुमा हाम्रो जस्तो बिदेशीनु नपरोस शैक्षिक क्षेत्रलाई आत्मसाथ गरि पढाईमा थप उर्जा मिलोस भनेर नै थोरै भए पनि प्रवासबाट यो सहयोग गरिएको सस्थाका अध्यक्ष श्री पूर्ण बिष्टले फोन तथा पत्र मार्फत जानकारी गराउनु भएको थियो ।
त्यस्तै बिधालयले पनि बिधालय कक्षा पहिलो दोस्रो तेस्रो हुनेलाइ पुरुषकार बितरण गर्‍यो जसमा कक्षा ९ बाट प्रथम भबिन्द्र बिक,द्वितीय रुबिन चुनारा, तृतीय रुमसरा बुढाथोकी कक्षा ८ बाट प्रथम अशोक बिष्ट,द्वितीय निरज रोका,तृतीय खुमा बुढाथोकी कक्षा ७ बाट प्रथम होम कुमारी बुढाथोकी, द्वितीय भिम बहादुर रोका,तृतीय तारक बहादुर रोका कक्षा ६ बाट प्रथम बिष्णु बुढाथोकी, द्वितीय झपेन्द्र बुढाथोकी,तृतीय हेमन्त बुढाथोकी कक्षा ५ बाट प्रथम चोकेन्द्र रोका,द्वितीय शर्मिला बुढाथोकी,तृतीय टीका बुढाथोकी कक्षा ४ बाट प्रथम कैलाश बिक,द्वितीय रोशन बुढाथोकी,तृतीय युवराज थापा कक्षा ३ बाट प्रथम ज्ञानु बुढाथोकी,द्वितीय माधव बुढाथोकी,तृतीय दुर्गा रोका कक्षा २बाट प्रथम दिपक बुढाथोकी,द्वितीय यमराज बुढाथोकी,तृतीय प्रकाश बुढाथोकी र कक्षा १ बाट प्रथम सुशील रोका द्वितीय दामोदर बुढाथोकी तृतीय दिलकुमारी बुढाथोकी रहेका थिए।

कार्यक्रम अध्यक्ष बिशेश अथिती बाट पुरुस्कार हस्तान्तरण गर्दै उतिर्ण हुने सबैको नाम प्रकाशित गरिएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई बिशेश धन्यवाद सहित समापन गरेका थिए कार्यक्रम संचालन लालबहादुर बुढाथोकीले गरेको थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend