logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा रोल्पा जलजला समाजले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्‍यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चोम बिष्ट, रोल्पा बैशाख २।
कतारमा रहेका रोल्पालिहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज कतारले नयाँ वर्षको अवसरमा समाजका अध्यक्ष शिव बुढाथोकीको सभापतित्व र समाजका सल्लाहकार संयोजक बसन्त थापाको प्रमुख अथित्वमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको विशेष अथितीमा सुर्य बिक,चेतमान रोका भने अथितीमा गोपाल केसि,अमर ओलि,एकराज सुवेदी,सलिना केसि,राक प्रवासी सेवा समाजका उपाध्यक्ष कमल पुन,रेगम जिसिको अथित्व रहेको थियो। त्यस्तै कलाकारमा जीवन बिसि,रेख डाङी, अज्ञात क्षेत्री लगाएको अथित्व रहेको थियो।
कार्यक्रमको सभापति,प्रमुख अथिती,बिशेश अथितीबाटब्यानर उद्घाटन गरिएको थियो।

प्रवासबाटै भएपनी राष्ट्रिय गानबाट देशलाई सम्झीदै देश प्रति बलिदान दिने ज्ञात अज्ञात सहिद पर्ती महोनधारण गर्दै समाजका सहकोषाध्यक्ष नबराज पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा गोपाल केसि,सिवलाल केसि,एकराज सुवेदी,चेतमान रोका,सुर्य बिक,बसन्त थापाले नयाँ वर्षको अवसरमा उपस्थित सम्पुर्णलाई नयाँ वर्षको शुभकामना संगै धन्यवाद व्यक्त गर्दै नयाँ सालबाट थप जोस जागर संगै सफलताले सधैंभरी शिखर चुमोस समाज र समाजिक कार्यमा सधैंभरी हाम्रो हात सकारात्मक रहोस् जस्ता शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा शिव बुढाथोकीले यस नयाँ वर्षको अवसरमा उपस्तिथि सबैलाई यस प्रवास भुमिमा रहेरपनि यति सकृय रूपमा रहेर कार्यक्रम सब्य एवं भब्य रूपमा सफल गर्न साथ दिएकोमा सबैलाई धन्यवाद दिदै यस शुभकामना आदानप्रदान कार्यक्रम रोल्पालिहरु कतारमा छरिएर रहेका सम्पुर्ण रोल्पालि बिचको सम्बन्धलाई केन्द्रित गरि बलियो र नजिक राखी सधैभरी आइपरेको समयमा सक्दो सहयोग सबैसामु पुर्याउन सकिने भएको बताए ।

नयाँ वर्षको शुभकामना दिदै कार्यक्रम सम्पन्न गरेका थिए भने कार्यक्रम संचालन समाजका महासचिव देबराज पुनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend