साझा नेटवर्क
देबेन्द्र केसी , नयाँ दिल्ली ।
स्थानिय तवरमा अभिमुखीकरण तथा समाजसेवामुलक कार्य गर्दै आईरहेको कराड्ग तुड्ग युथ कल्व ले स्थापना को सातौ बार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।
कालीगण्डकी गाँउपालिका, वार्ड न ७कराड्ग तुड्ग तथा साविकको वार्ड नं. ६तमे को सिमाना मा स्थित पातालको खेल मैदानमा बिभिद कार्यक्रम हरु सहित बार्षिक कार्यक्रम सम्पन्न गरिएको कल्व का सदस्य खड्ग केसी ले जानकारी गराएका छन ।
बार्षिक समाहरोहमा आयोजित साविकको अन्तर वार्ड स्तरीय भलिबल प्रतियोगिता मा सदावहार युवा कल्व, छापचौर ले प्रथम स्थान हासिल गर्दै तिस हजार नगद, मेडल र प्रमाण पत्र हात पारेको छ त्यस्तै आयोजक कराड्ग तुड्ग युथ कल्व, कराड्तुड्ग ले द्वीतिय स्थान हाँसिल गर्दै बिस हजार, नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।
धेरै जसोको बिजेता श्रृजना युवा कल्व, धुँवाखोला ले दश हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाएको छ भने सान्तवना स्थानमा पाँच हजार नगद र प्रमाणपत्र सहित नवदुर्गा युवा कल्व, नयाँगाँउ बिजेता बनेको छ । बिभिद कार्यक्रम अन्तरगतको नृत्य प्रतियोगिता मा तमु युवा कल्व, धुँवाखोला प्रथम, सदावहार युवा कल्व, छापचौर दोस्रो र सिमाना युवा कल्व,छिस तेस्रो बनेका छन।
कार्यक्रममा बिभिन्न सहयोगी हरु र उत्कृष्ट खेलाडी हरुलाई सम्मान पनि गरिएको थियो ।तिन दिन सम्म चलेको कार्यक्रम को संन्चालन प्रदिप केसी, शंकर केसी र बिपिन सुबेदी ले संयुक्त रुपमा गरेका थिए भने उद्घाटन बयोबृद समाजसेवी मान बहादुर कार्की ले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend