साझा नेटवर्क
टोपलाल अर्याल , गुल्मी बैशाख ३ ।
अर्जुन आवासिय माविको ३४ औ बार्षिक उत्सव, अभिभाव दिवस तथा परिक्षाफल प्रकाशन विभिन्न कार्यक्रम सहित सकिएको छ ।
कार्यक्रममा पुर्व बिद्यार्थी डाक्टर उत्तम पच्या, डाक्टर रामचन्द्र पन्थी र डाक्टर सुमन केशीलाई सम्मान गरिएको छ । भर्खरै सम्पन्न परिक्षामा कक्षा तथा तहगत रुपमा उत्कृष्ठ बिद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको बिद्यालयले जनाएको छ । कार्यक्रममा बिद्यालयको कक्षा ११ र १२ मा अध्यापन गराउने बिज्ञान संकायमा शिक्षकलाई बिदाई तथा उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक शिक्षिकालाई सम्मान गरिएको छ। बार्षिक उत्सवको अवसरमा बिद्यालयका भाइस प्रिन्सीपल रवि बिष्टले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बिद्यालय व्यावस्थापन समिति अध्यक्ष नर प्रसाद श्रेष्टको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालय जिल्ला समन्वय समिति अध्यक्ष लक्ष्मण पराजुलीको प्रमुख तथा रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पराजुली, बिशेष अतिथी पन्थी तथा बिद्यालयका संरक्षक दान बहादुर केशी, समाजसेवी नन्दराम भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो । बिभिन्न साँस्कृतिक प्रस्तुती सहितको कार्यक्रमको संचालन भाइस प्रिन्सीपल रबि बिष्ट र शिक्षिक शर्मिला खनालले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend