logo
  • आइतबार, असोज ११ २०८३

रश्मिलाज फेसियल हाउस द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सुर्य चन्द ,काठमाण्डौ वैशाख २ ।
अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले नेपाली नया बर्ष २०७५ धमाका का साथ मनाएको छ ।
नयाँ बर्षको उपलक्ष्यमा बर्षेनी आफ्नो सम्पूर्ण कर्मचारी लगायत पत्रकार सेलिब्रेटी,गायक तथा समाजसेवीहरुको माझ बनभोज कार्यक्रम गरेर नया बर्षको शुभकामना आदान प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसले यो बर्ष पनि टोखाको रमणीय रिसोर्टमा एक भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ ।
उक्त बनभोज कार्यक्रममा राष्मिलाज फेसियल हाउसलाई महत्वपुर्ण योगदान पुर्याउने संचारकर्मी, पत्रकार, फेशन डिजाइनर, मोडल तथा गायकहरुलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । संचारकर्मी सुर्य चन्द, चर्चित फेसन डिजाइनर काजल थापा, बरिस्ठ सौन्दर्यबिद सोनी काररंजितलाई बिसेष योगदान पुर्याए बापत रश्मिलाज फेसियल हाउसका सञ्चालक प्रकाश श्रेष्ठ र रश्मिला श्रेष्ठले सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
चर्चित गायिका टिका प्रसाई, गायक लेखराज गुरुङ, नायिका खुस्बु खड्का, अभिनेत्री कबिता शर्मा,समाजसेवी चम्पा नेपाल, समाजसेवी रमेश श्रेष्ठ लगायत अन्य धेरै व्यक्तित्वहरुलाई समेत उक्त अवसरमा मायाको चिनो प्रदान गरिएको थियो । त्यसै गरि राष्मिलाज फेसियल हाउसमा बर्ष भरि काम गरेर ग्राहकहरुलाई उत्कृष्ट सेवा पुर्याए स्वरूप चार जनालाई बर्ष उत्कृष्ट कर्मचारी इम्प्लोई अफ द एयर समेत प्रदान गरिएको थियो । उक्त बनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान, नाच गान डिजेईङ्ग लगायत दिनभरनै कक्टेल पार्टी समेत भएको थियो ।
उक्त अबसरमा रष्मिलाज फेसियल हाउसका निर्देशक प्रकाश श्रेष्ठले बोल्दै अथक मेहनत, परिश्रम, कर्मचारीहरुको इमान्दारिता तथा सम्पूर्ण ग्राहकहरुको बिस्वास र मायाले गर्दानै रष्मिलाज फेसियल हाउस अहिलेको स्थितिमा आएको र सबैको रोजाइमा पर्न सफल भएको र आगामी दिनहरुमा अझ बढि र उत्कृष्ट सेवा सुबिधा प्रदान गर्दै जाने कुरा उनले बताए l

मुख्य शाखा काठमाण्डौ मलमा रहेका यो फेसियल हाउसको अर्को शाखा गोंगबु रहेको बिजि मलमा रहेको छ । सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरु को लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल , दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग,चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend