logo
  • शनिबार, साउन ३० २०८३

नवौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीता गुल्मीमा सम्पन्न ।


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल

२९ चैत्र-गुल्मी

नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७४ को छनौट चरणका प्रतियोगीतात्मक खेल गुल्मीको ग्वादीकाचौरमा चलिरहेको छ। जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा तथा त्रिभुवन मावि मुसिकोट नगरपालिका ६ कुर्घाको सहआयोजनामा निर्वाचन क्षेत्र नं. २ अन्तरगतका विद्यालयहरुका विच सो छनौट प्रतियोगीता चलेको हो।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित चलिरहेको प्रतियोगितामा १३ विद्यालयका १५६ खेलाडिले भाग लिएको त्रिभुवन माविका खेल शिक्षक दिपक अर्यालले जानकारी दिनुभएको छ। एथ्लेटिक्स तर्फका ११ वटा खेल, भलिवल र कवड्डी प्रतियोगितामा ३३ छात्रा र १२३ छात्रको सहभागिता रहेको थियो।

२ दिन सम्म चलेको छनौट खेलमा त्रिभुवन माविले आफ्नो पुरानो विरासत जोगाउँदै समग्र खेलमा प्रथम भएको छ। छनौट खेलका प्रत्येक इभेन्टका प्रथम, द्धितिय र तृतिय हुने खेलाडि यहि वैसाख ७ देखि ९ सम्म तम्घासमा हुने फाइनल खेलमा सहभागि हुनेछन्।

सो छनौट कार्यक्रमको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले वुधवार उद्घाटन गर्नुभएको थियो। विहिवार सम्पन्न कार्यक्रम जिल्ला खेलकुद विकास समितिका सदस्य ज्ञानहरी सापकोटाको अध्यक्षता, त्रिभुवन माविका प्रधानाध्यापक राम वहादुर थापाको स्वागत मन्तव्य तथा शिक्षक गोपाल रायमाझिको संचालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend