logo
  • आइतबार, असोज ११ २०८३

बागलुङमा जग्गाकाे बिवादले भाउजुले देवरलाई दाउरा प्रहार , देवरकाे मृत्युु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

विमल खड्का, बागलुङ चैत २९ ।
बागलुङ जिल्लाकाे बडीगाड गाउपालिकामा आपसी घर झगडाले एक जनाको ज्यान गएको छ । पुर्खाैलि जग्गामा कसले खेतीगर्ने भन्ने विषयलाई लिएर बडीगाड गाउपालिका- ४ जलजलामा गत चैत १० गते बेलुकी ८ बजे देवर ४७ वर्षिय खेमबहादुर श्रीस र भाउजू ४० बर्षिया मनमायाँ श्रीसबीच झगडा पर्दा भाउजू मनमायाँ र निजका नाबालक १४ वर्षिय छोरा मीनबहादुर श्रीसले देवर खेमबहादुरको टाउकोमा दाउरा प्रहार गर्दा घाईते बनाईकि थिईन ।

घाइते रहेका देवर खेमबहादुर श्रीषकाे यहि चैत २७ गते विहान घरमै मृत्यु भएको छ । दाउरा प्रहारबाट घाईते खेमबहादुरलाई तत्कालै बुटवल मणिग्राम स्थित क्रिम्सन अस्पतालमा लगी उपचार गराई यहि चैत २६ गते घरमा ल्याईएको थियो । उनलाई घरमा ल्याएको भोलि पल्टै उनको मृत्यु भएको पारिवारिक श्रोतले बतायो ।

पहिले घरायसी झगडा भनी घटनाको जानकारी कतै नगराईएपनि खेमबहादुरको मृत्यु पछी ग्वालिचौर स्थित खार प्रहरी चौकीलाई खबर गरिएको थियो । प्रहरीले अभियुक्त आमा छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा पठाएको खार प्रहरी चौकीका प्रसनि महदत्त शर्माले बताए।

ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार मृतकको पोष्टमार्टम पछी दाहसंस्कारका लागि शव आफन्तलाई बुझाई अभियुक्त आमा छोरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend