logo
  • आइतबार, असोज ११ २०८३

बागलुङ क्षेत्र नं. २ का जनप्रतिनिधि र सांसद विच अन्तरक्रिया


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल ,बागलुङ चैत २९ ।
बागलुङ क्षेत्र नं. २ का सांसद देवेन्द्र पौडेलले अवको विकास स्थानिय तहवाटै हुने वताउनु भएको छ।
आज बागलुङ निर्वाचन क्षेत्र नं. २ का स्थानिय तहका जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरु संग खर्वाङमा अन्तरक्रिया गर्दै पौडेलले सो कुरा वताउनु भएको हो। तत्काल जिल्लाको खुङ्खानीवाट नर्जा सम्म र बडिगाड गाउँपालिकाका दर्लिङ, रणसिंह किटेनी तथा शिसाखानीमा सडक ट्रयाक अनिवार्य खोल्नुपर्ने वताउनु भएको छ।
अन्तरक्रिया कार्यक्रममा सांसद पौडेल सहित,पूर्व सभासद् वलावती शर्मा, गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, तमान खोला गाउँपालिकाका प्रमुख जोकलाल वुढा, ताराखोला गाउँपालिकाका प्रमुख प्रकाश घर्ति, उपप्रमुख डिल कुमारी पुन, नेकपा एमालेका संघिय मामिला तथा स्थानिय विकास विभाग केन्द्रिय सदस्य शुनिल शेरचन, नेपाली काग्रेसका क्षेत्रिय सभापति दोर्ण कुँवर, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य फमलाल न्यूरे, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष वेदिलाल सापकोटा, नेकपा एमाले वडिगाड गाउँपालिकाका उपसंयोजक तिर्थमणि भुसाल, वडिगाड गाउँपालिकाका प्रेस सल्लाहकार कमल पौडेल, नेकपा माओवादी केन्द्र ढोरपाटन नगरकमिटि अध्यक्ष चन्द्र अर्याल, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, फमलाल खत्रि लगाएतले आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ भित्रका स्थानिय तहका प्रमुख, उपप्रमुख, केहि वडा अध्यक्ष, क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो। कार्यक्रममा निर्वाचन क्षेत्र भित्र संचालन गर्न सकिने योजना, नितिगत सुधार लगाएतका विषयमा छलफल भएको थियो। कार्यक्रममा प्रत्येक गाउँपालिकाका संभाव्य योजना तथा गर्न सकिने कामहरुलाई सुचिकृत गरिएको थियो ।

त्यस्तै मध्यपहाडि लोकमार्ग, सालझण्डी ढोरपाटन सडक, कालिगण्डगी करिडोर, उत्तरगंगा जलाशय युक्त हाइड्रो, विमान स्थल, खानीहरुको उत्खनन् संभाव्यता, पर्यटन, शिक्षा, स्वास्थ्य लगाएतका विषयमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend